साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव चालीसा

आऊ चुनाव वरमाला लिई बालिकावधु भै आऊ मलम लगाऊ म बबुराको चहर्याईरहेको घाऊ हे चुनाव हाय चुनाव फर्की फर्की आऊ चुनाव ।

Nepal Telecom ad

आयो चुनाव गयो चुनाव
शान्तिपूर्ण रह्यो चुनाव
निर्धाहरुले टाउको फुटाए
बलीयाहरुले बूथ लुटाए,
हात भाँच्चिए, मुख च्यातिए,
दाँत छिरलिए
नाँक बुच्चिए
केश भुत्लिए ,
कान काटिए
तैपनि बूथ कब्जा नहुँदा
अन्धकारमा बाकस साटिए
गुण्डाराज गयो
रामराज्य आयो
मुखका छुरा
अल्छी बबुरा
भाइ फुटाउन खप्पीस चतुरा
घर बालेर आगो ताप्ने
सधैं आफूलाई सागर नाप्ने
आधा अधूरा विचरा बबुरा
भीरबाट लडेर भयो चुनाव
आयो चुनाव गयो चुनाव
शान्तिपूर्ण रह्यो चुनाव

आयो चुनाव गयो चुनाव
शान्तिपूर्ण रह्यो चुनाव
गाणतन्त्रको बन्ध्याकरणमा
काँटाछुरी पो भयो चुनाव
सुहागरातमै पतिवियोगिनी
विधवाआँचल भिज्यो चुनाव
बालावैंसको कलिलो मुटुमा
मैदल काँडा बिझ्यो चुनाव
नकटाहरुले नाँक कटाए
रैथानेहरुले जुत्ता फटाए
बाकसभित्र बन्द भएर
भोट बनेर आयो चुनाव
घरमा पुगेर खल्ती छाम्दा
नोट बनेर गयो चुनाव
न आउँदा त थरीथरी आसमा
मोटर भएर गुड्यो चुनाव
आएपछि चैं हावा बन्दै
मकानबाट पो उड्यो चुनाव

आयो चुनाव सधैं टल्किने
समुद्रतलको मोती भएर
गयो चुनाव लाजै नछोप्ने
तुलीगाँडाको धोती बनेर
लेभी उठाई ग्यास सुँघेर
पेटेल, डिजेल, ढल पिएर
आयो चुनाव गरीविको घाउ बनेर
कालो बजारी ठग तस्करको
मुखबोलीको भाऊ बनेर
महँगीरुपी अन्धो राक्षस
टोक्तै चिथोर्दै मैमत्त हिँड्यो
प्रगतिपथमा पाउ अल्झियो
खिल पल्टियो काँडा बिझेर
अकिञ्चनताको घाउ बल्झियो
कहिल्यै नसुक्ने उकुच बनेर
नेता नायक मोटाइरहने
जनताचरी चैं दुब्लाइरहने
इन्द्रजालीको खेल तमासा
चलिरहेछ हरहमेसा
वलीको बोको कराइरहेछ
कालदेखि डराइरहेछ
विचरो जनता वलीलाईमात्रै
मार हान्न पो भयो चुनाव
आयो चुनाव गयो चुनाव
विनाधाँधली विनागडबडी
विश्व इतिहासमै पहिलोपल्ट
शान्तिपूर्ण रह्यो चुनाव

हे चुनाव हाय चुनाव
कसरी मैले हारेँ चुनाव ?
के साँच्चै मैले हारेँ चुनाव ?
विनावदल वर्षा, बिजुली
चट्याँग बनेर चड्क्यो चुनाव
मेरैमात्र कञ्चट ताकी
अणुबम बनेर पड्क्यो चुनाव
नीलकण्ठले गरल पिएथे
सायद जित्न नसकेर चुनाव
जनादेश भन्नु बकबास रैछ कि,
मुण्डा मुडुला, शिखण्डी बकुला
सबको तानातान चुनाव
झिँगा भुसुना लड्डू लडाउने
काग गिद्धले हड्डी उडाउने
अरिँगाल बर्सिने, माउरी तर्सिने
इन्द्रजालीको जाल पो हो कि ?
डमरु डमडम घुँगरु छमछम
सर्पखेल या बाँदरनाँच
ढ्वाँग खाली छन्
मतपत्र उडे
बन्दूक पड्किए
खुकुरी चम्किए
छुरी बर्सिए
मजस्ता बहादुर देख्तै तर्सिए
आँधी आयो, असिना आयो
युद्धमैदानझैं चुनाव केन्द्रमा
जानेजतिको सातो हरायो
गाइभैंसी कराए
खग्रास परी सूर्यग्रहण लाग्यो
दिउसै हुन गो अन्धकार
मजस्ता नेताको चुनावमा हार
कत्रो हाहाकार
हे चुनाव हाय चुनाव
कसरी मैले हारेँ चुनाव ?

हे चुनाव हाय चुनाव
फर्की फर्की आऊ चुनाव
दिउसै कस्तो अन्धकार भो
तिमी न आउँदा हाय चुनाव
तन थर्थर भै कामीरहेछ
आँत हर्हर भै जलीरहेछ
मन धर्मर गर्छ यताउता
किन फर्फर भो परेली ता
बर्बर बर्बर आँशु झरे
दिन रात भयो
छिन वर्ष भयो
मनको सुख चैन
किन आज गयो
आऊ चुनाव फेरि आऊ
फर्की फर्की आऊ चुनाव
तिमी न आउँदा देशै शून्य भो
घरै शून्य पो भयो चुनाव
चाँडै आऊ चाँडै आऊ
नसा लगाऊ भोज खुलाऊ
माड लगाऊ जाँड बगाऊ
मझेरीको माझ नचाऊ
पजेरोमा साँझ घुमाऊ
सुरा सुन्दरी गजल मेहफिल
स्वदेश विदेशका सबै खुलाऊ
भत्ता मिलाऊ
सत्ता दिलाऊ
आऊ चुनाव वरमाला लिई
बालिकावधु भै आऊ
मलम लगाऊ म बबुराको
चहर्याईरहेको घाऊ
हे चुनव हाय चुनाव
फर्की फर्की आऊ चुनाव ।

९८४१६४७१८९
हस्ताक्षर कवितासंंग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x