साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रा बूढा, राम्री बूढी

कालो रंग दलेको कपाल चम्किएकै छ हालेको दाँत झल्किएकै छ सत्र मुजा चाउरी देखिन्न, सम्म भइहाले अनि त बूढालाई बूढी राम्री र बूढीलाई बूढा राम्रा भइहाले ।

Nepal Telecom ad

बूढाका आँखामा बूढी झन् झन् राम्री देखिन थालिन्
बूढीको आँखामा बूढा झन् झन् राम्रा देखिन थाले ।

मोतियाबिन्दुले गर्दा अनुहारको सबै भाग प्रष्ट नदेख्ने रहेछन्
झण्डै आधा अनुहार प्रष्ट देख्ने र आधा अनुहार कल्पना गर्दा रहेछन्
पचास प्रतिशत अनुहार कल्पना गरेजस्तो जोड्न पाए
कसकी बूढी नराम्री देखिएलिन् ?
कसका बूढा नराम्रा देखिएलान् ?
अनि पो एकले अर्कोलाई राम्रो र राम्री देख्दा रहेछन् ।

कालो रंग दलेको कपाल चम्किएकै छ
हालेको दाँत झल्किएकै छ
सत्र मुजा चाउरी देखिन्न, सम्म भइहाले
अनि त बूढालाई बूढी राम्री र बूढीलाई बूढा राम्रा भइहाले ।

०००

बत्तिस पुतली, काठमाडाै

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x