साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारबाट देश जोगाऊ

धनी मानिसहरू आए, आफ्नो आत्मसम्मान जोगाऊ, सामर्थ्यवान् बलिया आए, निर्धाहरूलाई जोगाऊ, परिस्थिति गजब आयो, आफ्नो बुद्धि विवेक जोगाऊ, नेताबाट जनता जोगाऊ, सरकारबाट देश जोगाऊ ।

Nepal Telecom ad

नेताबाट कानुन जोगाऊ, न्यायाधीशबाट न्याय जोगाऊ
वकिलबाट वादी-प्रतिवादी जोगाऊ, डाक्टरबाट रोगी जोगाऊ
ड्राइभरबाट यात्रु जोगाऊ, यात्रुबाट बस जोगाऊ
रक्षक नै सब भए भक्षक, सरकारबाट देश जोगाऊ ।

शिक्षकबाट शिक्षा जोगाऊ, विद्यार्थीबाट स्कुल जोगाऊ
मजदुरबाट उद्योग जोगाऊ, भाषाविदबाट भाषा जोगाऊ
व्यापारीबाट उपभोक्ता जोगाऊ, बैंकबाट ऋणी जोगाऊ
सबैले बन्चरो ताके घुँडामा, सरकारबाट देश जोगाऊ ।

धनी मानिसहरू आए, आफ्नो आत्मसम्मान जोगाऊ
सामर्थ्यवान् बलिया आए, निर्धाहरूलाई जोगाऊ
परिस्थिति गजब आयो, आफ्नो बुद्धि विवेक जोगाऊ
नेताबाट जनता जोगाऊ, सरकारबाट देश जोगाऊ ।

०००
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नै हो

आफ्नै हो

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
आफ्नै हो

आफ्नै हो

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x