साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरपूजा

गोबर्धन भन्दै गोबरको पूजा गर्ने हामी थासका थास गोब्र्याउने चाहिँ अर्कै ! उफ्री उफ्री देउसी गाउने हामी हाम्रा दिमाग भुट्ने गरी भट्याउने अर्कै ।

Nepal Telecom ad

चट्याङ मास्टर :

Chatyang Masterलक्ष्मीको पूजा गर्ने हामी
लक्ष्मीको मालिक हुने अर्कै ।

गाईपूजा गर्ने हामी
जर्सी गाईको मालिक अर्कै !

कुकुर पूजा गर्ने हामी !
उन्नत जातका कुकुरको मालिक अर्कै !

मानिस हौँ भनेर खुशी हुने हामी
हामीले माला लाइदिनु पर्ने अर्कै !

मान्छेले पशुवत् सीमा नाघेकै हो
क्यै नपाएर कुकुरकै पूजा गर्ने हामी !

कुकुर भनेर अरुलाई गाली गर्ने हामी
फेरि कुकुरकै पूजा गरेर बस्ने हामी !

गोबर्धन भन्दै गोबरको पूजा गर्ने हामी
थासका थास गोब्र्याउने चाहिँ अर्कै !

बलीराजाले खटनपट गरी पठाइने हामी
हामीलाई दान दिनु पर्ने अर्कै !

उफ्री उफ्री देउसी गाउने हामी
हाम्रा दिमाग भुट्ने गरी भट्याउने अर्कै ।

०००
बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x