साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही लघु व्यङ्ग्य रचनाहरू

"के छ बाबू, तिम्रो सहानुभूति कुन राजनीतिक पार्टीसँग छ त ? तिम्रो विचारमा कुन पार्टी राम्राे छ ?" "मेराे सहानुभूति त कम्युनिस्ट पार्टीसँग नै बढी छ नि !" "किन ?" "किनभने मैले कम्युनिस्टहरूमाथि सुराकी गरेकाे पैसा पाउँछु नि त !"

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

१. सुधार
एउटा जनहित संस्थामा एकपटक केही सदस्यहरूले आवाज उठाए -” संस्थाकाे काम असन्ताेषजनक चल्दै छ । यसमा सुधार हुनुपर्छ । संस्था बरबाद हुँदै छ । यसलाई डुब्नुबाट बचाउनुपर्छ । कि त यसलाई सुधार्नुपर्छ कि भङ्ग गरिदिनुपर्छ ।”
संस्थाका अध्यक्षले साेधे -” कुन कुन सदस्यलाई असन्ताेष छ ?”
१० जना सदस्यहरूले असन्ताेष व्यक्त गरे ।

अध्यक्षले भने – “हामीलाई सबैकाे सहयोग चाहिन्छ । हामी सबैलाई सन्ताेष हुने गरी काम गर्न चाहन्छौं । तपाईं दस जना सज्जनहरू के सुधार हाेस् भन्ने चाहनुहुन्छ ? कृपया भन्नुहाेस् ।” अनि ती दशजना सदस्यहरूले पहिले नै साेचेर आएका सुधारहरू प्रस्तुत गरे जुन यस्ता थिए –

“संस्थामा ४ जना सभापति, ३ जना उपसभापति र अरू ३ जना मन्त्री हुनुपर्छ -”
दस सदस्यहरूलाई संस्थाकाे काममा असन्ताेष थियाे ।

२. प्रतिष्ठा
उनी हाम्रा अफिसर थिए । उनी सरुवा भएर आएका १५-२० दिन भएका थिए । नयाँ ठाउँ थियोे । मेरै टाेलमा बस्थे, अझ छिमेकी नै थिए । न मैले उनलाई चिन्थेँ न उनी मलाई चिन्थे ।

एक दिन म उनकाे घरमा गएँ । उनी भित्र थिए । बाहिर आए, बडाे प्रेमले भेटे अनि आदरपूर्वक कुर्सीमा बसाले ।
मैले भनेँ, ” म तपाईंको छिमेकी नै हुँ । यहाँबाट तेस्राे घरमा बस्छु । तपाईं नयाँ आउनुभएको छ । तपाईंलाई भेट्ने मन भयाे । कुनै अप्ठ्यारो त छैन तपाईंलाई ?”

उनी आदरपूर्वक निहुरिएर बाेले, “सबै तपाईंहरूकै कृपा हाे । तपाईंहरूका बिचमा आएर बसेकाे छु । तपाईंको कृपाले कुनै अप्ठ्यारो पनि छैन । भेट्दै गर्नुहाेला ।”
अनि उनले पान मगाए ।

यसपछि मात्र मैले आफू पनि त्यसै कार्यालयकाे कर्मचारी भएकाे खुलाएँ जसका उनी निरीक्षण अधिकारी थिए ।
बस्, यति सुन्नासाथ उनकाे अनुहारकाे मुस्कान हरायाे अनि कठाेर गम्भीरता उपस्थित भयाे । उनले आरामकुर्सीमा दुवै खुट्टा पसारे । चुराेट झिकेर सल्काए अनि मेरा कुराकाे उत्तरमा केवल “अम् !” गर्न थाले ।

म दस मिनेटसम्म यस्तै अवस्थामा बसिरहेँ ।
उनले एक्कासि भने, “हुन्छ त, मलाई यसाे बाहिर जानु छ ।” अनि उठि पनि हाले ।
म पनि उठेर हिँडेँ । म छिमेकी सज्जनकाे तहबाट खस्केर नाेकरकाे तहमा आइसकेको थिएँ ।

३. सहानुभूति
“के छ बाबू, तिम्रो सहानुभूति कुन राजनीतिक पार्टीसँग छ त ? तिम्रो विचारमा कुन पार्टी राम्राे छ ?”
“मेराे सहानुभूति त कम्युनिस्ट पार्टीसँग नै बढी छ नि !”

“किन ?”

“किनभने मैले कम्युनिस्टहरूमाथि सुराकी गरेकाे पैसा पाउँछु नि त !”

४. नयाँ धारा (नयी धारा)
त्यस दिन कथाकार भेटिए । भन्न थाले, “एकदमै नयाँ कथा लेखेकाे छु । एकदमै नयाँ शैली, नयाँ विचार र नयाँ धारा ।”
मैले भनेँ, “शीर्षक के हाे ?”
उनले भने, “जून-तारा-अजिङ्-गर-सर्प-बिच्छी-ताल !”

०००
परसाईं रचनावली -२ का लघुकथा खण्डबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई लघुव्यङ्ग्य

दुई लघुव्यङ्ग्य

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
नहुषको निष्काशन

नहुषको निष्काशन

हरिशंकर परसाईं
केही लघुव्यङ्ग्यहरू

केही लघुव्यङ्ग्यहरू

हरिशंकर परसाईं
मोडर्न ड्रेस

मोडर्न ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
छाडा साँढेको खोजी

छाडा साँढेको खोजी

ठाकुरप्रसाद अधिकारी
विवशता

विवशता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x