साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नर्क विस्तार योजना

चित्रगुप्तजी परे फसादमा, यो आपद् कसरी टर्ने हो ? सोधे “तिमीलाई मन्त्री बनाउँछु, नेपालमा मोज गर्ने हो !!" सम्झौता त्यो भयो दुई बीच, नेताजी मोज गर्दैछन्, नर्क बिस्तार पूरा नहुन्जेल बिचरा जनता मर्दैछन् !!

Nepal Telecom ad

चट्याङ मास्टर :

चित्रगुप्तले खोले खाता, झस्किए त्यो त आउने भो !
पाप धर्मको हिसाब गर्छु, स्वर्ग कि नर्क पाउने हो ? !
त्यसका बेजोड पाप सब जोडे, धर्म घटी भो पाप बढी !
कुन-कुन नर्कको कति सजाय भोग्दा घट्ला पाप कति ? !
सबै नर्कका सबै सजाय सधैं व्यहोर्दा भए जति !
अझै धेरै पाप बाँकी भयो, गर्न सकेको पाप कति !!

नयाँ ‘केस’ भयो चित्रगुप्तलाई झोक्राए तिनी बेस्करी !
नर्क विस्तार गर्ने प्रस्ताव दिए प्रभुमा अघि सरी !!
प्रभु बोल्नुभो, “बजेट छैन, प्रोजेक्ट एउटा ठूलो बनाऊ,
दातृग्रहको मिटिङ बोलाऊ, डिटेल्ड प्रस्ताव पनि सुनाऊ !!
सम्मेलन भयो दातृग्रहको, अनुदान सहयोग आउन भो,
दश प्रतिशत प्रभुकै भइगो, चित्रगुप्त केही पाउने भो !!

नर्क बिस्तार चल्यो योजना उता मर्नेलाई ढिलो भयो,
मर्ने भन्छ- “म आजै मर्छु विधानसम्मत मर्ने हो !”
चित्रगुप्तजी परे फसादमा, यो आपद् कसरी टर्ने हो ?
सोधे “तिमीलाई मन्त्री बनाउँछु, नेपालमा मोज गर्ने हो !!”
सम्झौता त्यो भयो दुई बीच, नेताजी मोज गर्दैछन्,
नर्क बिस्तार पूरा नहुन्जेल बिचरा जनता मर्दैछन् !!

०००
बत्तिसपुतली, काठमाडाैं

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
जागादीश्वर पोखरेल
जागादीश्वर पोखरेल
7 months ago

दमदार छ ।

Nepal Telecom ad
1
0
Would love your thoughts, please comment.x
()
x