साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिक्नुछ

यो गर्छु अनि गर्छु त्यो पनी सबै मै हुँ ठूलो भन्नुछ पैसा जोड्न त जोडुँला तर अझै ढाँट्ने कला सिक्नुछ ।

Nepal Telecom ad

यौटा भब्य महल बनाउनु थियो पैसा नपुग्ने भयो
इच्छा यो अधुरै छ पूर्ण नगरी आधा जवानी गयो
आधैमात्र भयेपनी रहर यो पूरा गरि छोड्नुछ
खै कैले कसरी कमाउनु बरु ठग्ने कला सिक्नुछ ।

यौटा जागिर खान खुब रहरथ्यो पैसो कमाइ हुने
भेटी पाती चढाउँथेँ बरु मिठा हाकिमको मन छुने
खेल्दा खुब मजा थियो, समयमा लागेन मन पढ्नु त
यौटा सर्टिफिकेट ल्याउँ कसरी चोर्ने कला सिक्नुछ ।

नेताका बरु झन् ठुला महल छन् नेता म बन्नु पर्यो
केही पढ्नु परेन खाली गफले आकाश जोड्नु पर्यो
यो गर्छु अनि गर्छु त्यो पनी सबै मै हुँ ठूलो भन्नुछ
पैसा जोड्न त जोडुँला तर अझै ढाँट्ने कला सिक्नुछ ।

व्यापारी बनुँकी बडा सहजले पैसा कमाइ हुँने
गद्दीमाथि बसेर नोठहरुको गड्डी गनाइ हुने
सोझो काम गरेर हुन्छ कसरी पैसा निकै झिक्नुछ
एक्को पाँच हुनेगरी जिनिसमा मिस्ने कला सिक्नुछ ।

ठेक्केदार बनुँ अरु ती मसिना केही नसोचुँ बरु
दिई घुस मिलाउँ फेरि गतिला ठेक्का ठुला झन् अरु
पैसाको तकिया छ ओड्न पनि त्यै पैसैमहाँ बस्नुछ
खोक्रो भित्र बनाइ लेप कसरी दल्ने कला सिक्नुछ ।

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीको उत्तरार्ध

जिन्दगीको उत्तरार्ध

डिल्लीराम काफ्ले
शहिद

शहिद

डिल्लीराम काफ्ले
अझै गएन

अझै गएन

डिल्लीराम काफ्ले
नेता महिमा

नेता महिमा

डिल्लीराम काफ्ले
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x