साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

तिमी अर्कैकी भए पनि मलाई त मैयाँ भन्न मन लाग्छ ।

Nepal Telecom ad

ठोक्तक १

गरीबलाई गामबेसी नै पानी-पधेंरो रहेछ
घर उज्यालो भए पनि मन अधेंरो रहेछ
कर्के नजर देखेर मन खिन्न भएथ्यो मेरो
तर बुझ्दा थाहा भयो आँखा नै डेरो रहेछ ।

ठोक्तक २

तराइबासी देखेपछि भैया भन्न मन लाग्छ
चिसोले जिउ दुखेपछि ऐया भन्न मन लाग्छ
हरेक मङ्सिर र वैशाख निरर्थक बिते मेरा
तिमी अर्कैकी भए पनि मलाई त मैयाँ भन्न मन लाग्छ ।

ठोक्तक ३

गरीबलाई जहाँ गए पनि तिरस्कार र अपमान छ
धन र मान नभए पनि नामै मेरो धनमान छ
मसँग सुन पनि छैन र शान पनि छैन हजुर
मसँग एउटा जिन्दगी छ, तर सधैं सुनसान छ ।

ठोक्तक ४

न गोल कहिल्यै माल बन्छ
न माल कहिल्यै गोल बन्छ
जब कामकुरो बिग्रेर जान्छ
त्यो बेला सबथोक गोलमाल बन्छ ।

ठोक्तक ५

खोइरो खने भित्तोले नि सुन्छ भन्छन्
गरीब आफ्नै वेदनाले रुन्छ भन्छन्
समस्याका चाङहरु ज्युँको त्युँ रहे पनि
नेताहरु जे मागे नि ’हुन्छ’ भन्छन् ।

मातातीर्थ, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पछुताे

पछुताे

नवराज न्याैपाने माैन
तपाईंको बाउको के जान्छ ?

तपाईंको बाउको के जान्छ...

नवराज न्याैपाने माैन
खाइ खाइ विकास गराैँ

खाइ खाइ विकास गराैँ

नवराज न्याैपाने माैन
साँच्चै हाे कि हैन साथी ?

साँच्चै हाे कि हैन...

नवराज न्याैपाने माैन
खाई खाई विकास गरौँ !

खाई खाई विकास गरौँ...

नवराज न्याैपाने माैन
चार ठोक्तक

चार ठोक्तक

नवराज न्याैपाने माैन
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x