साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहिद

जाउ स्वर्गपुरी पवित्र हिमको उच्छ्वास जो बग्दछ, बेहानीपखको रविकिरणको न्यानू जहाँ स्वच्छ छ, इच्छा पूर्ण अवस्य हुन्छ तिमिले चिन्ता नलेउ रती, पक्कै नास हुनेछ दुष्ट मतिका ब्वाँसाहरूको गति ।

Nepal Telecom ad

मेरो देश बनाउँछू म रसिलो भन्दै हिँडेका थियौ
आएनौ किन फर्की मातृममता बिर्सी कता अल्पियौ
तिम्रो देश बनाउने रहर त्यो आगो निभेझैँ निभ्यो
इच्छामात्र भिरेर साँझपखको ज्योती डुबेझैँ डुब्यो

न्यानु घाम उदाउनेछ नभमा पारी उज्यालो दिन
कालो रात हटाइ पूर्ण शशिले दिन्छन् नयाँ जीवन
बाँझो खेत फलेर झुल्छ सुनका बाला तिमी भन्दथ्यौ
दुखेको दिलभित्र फुल्छ फूलका माला तिमी भन्दथ्यौ

तिम्रो दृढ बिचार थ्यो मुलुकको औकात माथी उठोस्
आफ्नै पाखुरी देशको प्रगतिमा निर्माण निम्ति जुटोस्
सारा भेद समाप्त होस मुलुक यो मेरो सबैले भनुन्
सारा हात जुटेर हीमचुलिको गाथा उचो झन गरून्

तिम्रो स्वच्छ बिचार दुष्ट मतिका ब्वाँसाहरूले लुछे
तिम्रो स्वच्छ पवित्र रक्त खुनका प्यासीहरूले चुसे
तिम्रो देह समाप्त भो तर पनि ज्योती छ ज्यूउँदै अझै
विद्रोही दिलमा अझै दृढ़ बनी बल्दैछ झन तेज भै

जाउ स्वर्गपुरी पवित्र हिमको उच्छ्वास जो बग्दछ
बेहानीपखको रविकिरणको न्यानू जहाँ स्वच्छ छ
इच्छ पूर्ण अवस्य हुन्छ तिमिले चिन्ता नलेउ रती
पक्कै नास हुनेछ दुष्ट मतिका ब्वाँसाहरूको गति ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीको उत्तरार्ध

जिन्दगीको उत्तरार्ध

डिल्लीराम काफ्ले
अझै गएन

अझै गएन

डिल्लीराम काफ्ले
नेता महिमा

नेता महिमा

डिल्लीराम काफ्ले
सिक्नुछ

सिक्नुछ

डिल्लीराम काफ्ले
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x