साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अझै गएन

नेता बनेँ म पनी भोट लिएर ऐले । त्यागी बनेर अब देश बनाउँ पैले । भन्छु तथापि मनभित्र छ त्यो हटेन । जोबन गएछ तर बैँस अझै गएन ।

Nepal Telecom ad

लाग्छन उतैतिर अझैपनी नेत्र भाग्छन
खै के पियुष रसपान इ नेत्र माग्छन
बुझ्दिँन बाँकि छ अझै किन निथ्रीएन
जोबन गएछ तर बैँस अझै गएन

खै रूप हो कि रस हो किन लट्ठ पार्छ
चिम्लन्छु नेत्र तर झट्ट उसै उघार्छ
मुन्टो बटार्छु, किन हो तर फर्किएन
जोबन गएछ तर बैँस अझै गएन

खान्छु म मस्त परिकार मिठा बनाइ
क्यै छैन कम्ति सब चिज छ खानलाइ
खान्छु मजासित तथापि क्षुधा मरेन
जोबन गएछ तर बैँस अझै गएन

नेता बनेँ म पनी भोट लिएर ऐले
त्यागी बनेर अब देश बनाउँ पैले
भन्छु तथापि मनभित्र छ त्यो हटेन
जोबन गएछ तर बैँस अझै गएन

जागीर एक उनिलाइ मिलाई दिउँकी
त्यो गुनबाट म पनी अरु केहि लिउँकी
सोच्तैछु केही नगरीत हुँदै भएन
जोबन गएछ तर बैँस अझै गएन

दाडी छ लामु भगवान म भक्ति गर्छु
त्रिपुन्ड लाउछु, गिता म बिहान पढ्छु
यो ध्यान साध्वितिरबाट कतै हटेन
जोबन गएछ तर बैँस अझै गएन

जान्छु म इस्कुल कलेज महाँ पढाउँछु
सत्ज्ञान नैतिककुरा म सँधै सिकाउँछु
यो ध्यान अड्छ त्यहिँ अन्त कतै भएन
जोबन गएछ तर बैँस अझै गएन

पन्डित म ब्यास चढि भन्छु कथा पुराण
दिन्छु म दिब्य उपदेश र दिन्छु ज्ञान
घुम्दैछ बक्षतिर दृष्टि कतै हटेन
जोबन गएछ तर बैँस अझै गएन ।

०००
गौरादह- १, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीको उत्तरार्ध

जिन्दगीको उत्तरार्ध

डिल्लीराम काफ्ले
शहिद

शहिद

डिल्लीराम काफ्ले
नेता महिमा

नेता महिमा

डिल्लीराम काफ्ले
सिक्नुछ

सिक्नुछ

डिल्लीराम काफ्ले
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x