पुरूषाेत्तम सिग्देलमैले मन पराएँ
पातली नै राम्री लाग्थ्यो, अरू बेला मलाई तर तिम्रो जिउ चैँ हल्का, मोटै मन पराएँ ।

अनुप आचार्य
नदेखे पनि राम्रो लाग्यो, फोटै मन पराएँ
केश लामो कपडा चाँहि, छोटै मन पराएँ
मिनिस्कट आहा झनै, कति सुहाएको
माथि पनि तिम्ले लाको, कोटै मन पराएँ
पातली नै राम्री लाग्थ्यो, अरू बेला मलाई
तर तिम्रो जिउ चैँ हल्का, मोटै मन पराएँ
कस्तो होला सुन्न पाए हुन्थ्यो बोली पनि
मन्दमन्द मधुर मुस्कान, ओठै मन पराएँ ।
०००
मुलपानी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































