साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगीको उत्तरार्ध

सम्झुन इनै ईश्वर जन्मदाता भविस्यको मार्ग दिने बिधाता सोच्छन संधै सन्ततिको भलाई हिँडुन असल मार्ग लिउन उचाई ।

Nepal Telecom ad

यी हात चल्नै जब बन्द होलान्
फोहोर आची यिनले नधोलान्
माथी नउठ्लान्, अनि पेट खाली
भर्ने कसोरी मुखमा नहाली ।

होलान् यी पाऊ जब लम्पसार
जाडो र गर्मी पुष या असार
होला यही आँगनि दूर देश
ओछ्याननै जीन्दगिको निशेष ।

आँखाहरूले जब दिन्छ धोका
देखिन्न पर्खाल, कता छ ढोका
जाने कसोरी कुन साथ दिन्छ
या साथ भेटिन्न उसै लडिन्छ ।

गर्दैछकी गालि कि गर्छ मान
बुझिन्न क्यै, बन्द भयेर कान
हाँसूँ कि कालो अनुहार लाउँ
या चीत्त नै अन्त कतै घुमाउँ ।

यी दाँत झर्लान् मुख खालि होला
सारो कुरो खान गिजा नदेला
चाहिन्छ होला हलुवा र कोला
मीठो मसीनू अरु क्यै नहोला ।

दुख्लान घुँडा, सर्न सकिन्न पर्तिर
लौरो उछिनेर बढोस अघिल्तिर
थामिन्न होला तन यो तथापी
थपिन्छकी कस्ट अझै नजाती ।

बूढा बुढीको जब हुन्छ साथ
घिस्री अघि बढनु समाइ हात
उस्लाइ दुख्ता तिमि सुम्सुम्याउनु
तिमी दुखेमा उसले समाउनु ।

अनित्य संसार छ मर्नु पर्दछ
आयेर त्यो काल सुटुक्क छिर्दछ
टपक्क टिपीकन लान्छ एक
राख्तैन उस्ले दिलमा बिबेक ।

एक्लो भयो जीन्दगि, साथ छैन
घस्रेर हिँड्ने पनि आँट छैन
यो जीन्दगी पार कसोरि लाउनु
टेको कतै छैन कहाँ समाउनु ।

दुख्ला कुनै अंग सही नसक्नू
उफ्री दगुर्नू कि थचक्क बस्नू
यो मर्म कस्ले बुझिदिन्छ होला
बुझ्ने दयालू सँगमा नहोला ।
छोरा बुहारी परदेश होलान्
या दूष्ट होलान र छुँदै नछोलान
बिझाउलान की ननिका कुराले
घोच्लान मुटूभीत्र तिखा छुराले ।

छोरीहरु छन अरुको घरैमा
आयेर हेर्लान कहिले करैमा
लाग्नेछ आश नाति र नातिनीको
होलाकि बोली तिनको ननीको ।

तेस्तो नहोस सज्जन सन्तती हुन
मायालु प्यारा रसिला गुणी हुन
माया गरून् मर्म बुझुन सबैले
कर्तव्य सम्झुन नभुलुन कसैले ।

सम्झुन इनै ईश्वर जन्मदाता
भविस्यको मार्ग दिने बिधाता
सोच्छन संधै सन्ततिको भलाई
हिँडुन असल मार्ग लिउन उचाई ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहिद

शहिद

डिल्लीराम काफ्ले
अझै गएन

अझै गएन

डिल्लीराम काफ्ले
नेता महिमा

नेता महिमा

डिल्लीराम काफ्ले
सिक्नुछ

सिक्नुछ

डिल्लीराम काफ्ले
0
Would love your thoughts, please comment.x
()
x