साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाशिवरात्री रे !.

नेता महान् नेतादेखि राष्ट्रपतिसम्म लाइनमा बसेका दर्शनार्थीहरूलाई बेवास्ता गरी तितरवितर पार्दै दर्शन गर्ने गर्छन् । शिवरात्री भनेपछि त राती पो दर्शन गर्नुपर्ने हैन र ? बुझ्न गाह्रो भयो ।

Nepal Telecom ad

फाल्गुण कृष्ण त्रयोदशी तिथि ‘शिवरात्री पर्व रे । हैन यो शिवरात्री हो कि शिवदिन ? रात्री भन्छन् अनि बिहानदेखि दिनभर चारतिरबाट लाइन लागेर पशुपतिनाथ दर्शन गर्ने दर्शनार्थीको भिडभाड हुन्छ । स्वयम् सेवकहरूलाई लाईन व्यवस्थित गर्न नै धौ धौ परेको देखिन्छ ।

नेता महान् नेतादेखि राष्ट्रपतिसम्म लाइनमा बसेका दर्शनार्थीहरूलाई बेवास्ता गरी तितरवितर पार्दै दर्शन गर्ने गर्छन् । शिवरात्री भनेपछि त राती पो दर्शन गर्नुपर्ने हैन र ? बुझ्न गाह्रो भयो । मन्दिर परिसरमा अनेक थरीका भस्मे साधुहरू खरानी घसेका नग्नता देखाउँदै शिवबुटी फुकिरहेका हुन्छन् । शिवजीको दिन भएकोले गर्दा यस्तो रुपलाई छुट दिइएको होला । शिवजीले भष्म दलेर भांङधतुरो खाएर मैमत्त भएर हिंड्ने गरेका थिए रे भन्ने उक्तिको सहारामा यी साधु भनाउँदाहरूले आफ्ना गोप्यता भंग गर्दै दंग परेर बसेका होलान् सायद ।

बाफरे बाफ ! शिवजीको दर्शनार्थ युवतीहरूको तछाडमछाड, लछारपछार, खाँदाखााँद, ठेलमठेल अनि पेलमपेल पार्वती हुन नपाइने हो कि झै गरी अझ भोकै पेट, चक्कर लागेर ढलौंला कि झै गरी हुत्तिन्छन् । पशुपतिको दर्शन वर्षका अन्य दिनहरूमा पनि गरेकै हुन् । आजै चाहिँ के फरक देखिन्छ होला शिवलिङ्गमा ? कि दिव्य दर्शन नै दिनुहुन्छ हौ ? स्वस्थानीमा शिवजी विरक्तिएर नाङ्गै हिंड्दा ऋषिपत्नीहरू पछिपछि लागेर गएको कुरा उल्लेख छ । धन्न हाम्रा पत्नीहरू पछि नै चाहिं लाग्या छैनन् ।

बालबच्चाहरू बिहानै बाट्बाटोमा डोरी टाँगेर जगात मागेर बसेका हुन्छन् । पैसा चडाउने सजिलै जान पाउने तर पैसा दिन गाह्रो मान्नेहरूलाई बाटो नछाडेर तिरिखिरी पार्ने । बच्चाहरूको चाहिं शिव बिहान होला कि के हो ? सककझमा धुनी बालेर हुनिनहुनी मिल्नेनमिल्ने मादक पदार्थ सेवन गरेर लठ्ठ परेर बस्नेको चाहिं साँचो अर्थमा शिवरात्री भन्न मिल्ने बरु ।

जे होस्, आज शिवरात्रीको दिन हो । बिहान जगात थाप्ने जगाती, दिनमा पशुपतिमा लस्कर लाग्ने लस्करी, यही मौकामा मादक पदार्थ ओसार्ने तस्करी, नांगा बाबाको देखेर मसक्क पर्ने मस्करी देखी बडेबडे महान् नेताहरू सबैमा महाशिवरात्रीको मंगलमय शुभकामना छ ।

०००
जय शम्भो ! जय भोले !! हरहर महादेव !!!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
0
Would love your thoughts, please comment.x
()
x