साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चितवनमा अन्तरविद्यालय कविता प्रतियोगिता

महान पर्व शिवरात्रीको अवसरमा कालीगण्डकी साहित्य परिषद् चितवनले अन्तर विद्यालय कविता प्रतियोगिताको आयोजना गरेको थियो ।

Nepal Telecom ad

चितवन, फागुन ६, २०७९ । महान पर्व शिवरात्रीको अवसरमा कालीगण्डकी साहित्य परिषद् चितवनले अन्तर विद्यालय कविता प्रतियोगिताको आयोजना गरेको थियो ।

चितवन जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूले भाग लिएको सो प्रतियोगितामा जमुनापुर मा. वि. कालिका ६ . की छात्रा अनिसा ढकाल प्रथम, अर्विट बोर्डिङ स्कूल रत्ननगर १५ की छात्रा रोशना श्रेष्ठ द्वितीय, श्री मा.वि. समीपुर कालिका १ की छात्रा आर्यस्ना महतो तृतिय र अर्विट बोर्डिङ स्कूल रत्ननगरका छात्र आदर्श अधिकारीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

कालीगण्डकी साहित्य परिषद्का अध्यक्ष गणेश शर्मा पौडेलको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा परिषद्का उपाध्यक्ष चिरञ्जीवी दाहालले स्वागत मन्तव्य दिनुभएको थियो भने रुविन पौडेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कालीका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले कालीगण्डकी साहित्य परिषद्ले यस प्रकारको कार्यक्रम सञ्चालन गरेर विद्यालय स्तरदेखि नै विद्यार्थीहरुलाई साहित्यिक क्षेत्रमा अभिरुचि जगाउन गरेको प्रयासको सराहना गर्नुभएको थियो ।

वार्ड अध्यक्ष टिकाराम रेग्मी, सिद्धिविनायक मा.वि. का प्राचार्य विष्णुमणि लामिछाने, अर्विट बोर्डिङ स्कूलका रुद्र लामिछाने, राजन रेग्मी लगायतका वक्ताहरूले कार्यक्रमको सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा वरिष्ठ कवि एवं साहित्यकार केशवराज आमोदी र अर्का साहित्यकार गोकणर् मल्लले निर्णायककाे भूमिका निर्वाह गर्नु भएको थियो ।

०००
– चिरञ्जीवी दाहाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x