साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा दुःस्वप्न

कौरवसँगको असन्तुष्टि पाण्डवमाथि पोख्नु हुँदै हुँदैनथ्यो मामा शकुनीले पनि बल भए घचेट्न मिल्थ्यो एकछिन लखेट्न मिल्थ्यो तर छलगरेर बेघर बनाउनु हुँदैनथ्यो ।

Nepal Telecom ad

एउटी असहाय नारीलाई
भुत्ल्याउँदै सभामा ल्याउनु हुँदैनथ्यो दुशासनले
नङ्ग्याउँनु त झन हुँदै हुँदैनथ्यो
तर पनि कोसिस गरियो
र,बारम्बार कोसिस गरियो
उनलाई अपमानित गर्न
र,उनको सतित्व नष्ट गर्न

पाहुना लाग्न बोलाएर
बनाएर लाहाको घर
अनि थुनेर घरभित्र
जिउँदै आगो लगाएर
मार्ने कोसिस गर्नु हुँदैनथ्यो
दुर्योधनले पनि आफ्नै बन्धुहरूलाइ
र,पनि गरियो

कौरवसँगको असन्तुष्टि
पाण्डवमाथि पोख्नु हुँदै हुँदैनथ्यो
मामा शकुनीले पनि
बल भए घचेट्न मिल्थ्यो
एकछिन लखेट्न मिल्थ्यो
तर छलगरेर बेघर बनाउनु हुँदैनथ्यो
र खेद्नु हुँदैनथ्यो जङ्गल
पाण्डवहरूलाइ उनीहरूको हक नदिएर
र,पनि खेदियो

आफ्नो शिष्य बनाउन इन्कार गरे
र सिकाएनन् धनुर्विद्या एकलव्यलाइ
आचार्य द्राणले
जब आफ्नै मेहनतले निपुण बने
अनि छल गरेर गुरुदक्षिणा लिए
दाहिने हातको बुढी औँला
र गरे कौरवको नुनको सोझो
यसरी बेइमानी गर्नु हुदैनथ्यो
युद्धमा समेत
र,पनि गरियो

कृपाचार्य, द्रोणाचार्य र भिष्मजस्ता
तथाकथित महापुरुषहरू पनि
साक्षी र हिस्सेदार छन यी घटनाका
रोकेनन् कसैले कसैलाई
र ढल्यो एउटा आस्था र
विश्वासको धरोहर
र,पोतियो कलङ्कको टिका
तिनीहरूको निधारमा कहिल्यै
कहिल्यै नछुट्ने गरि

हरेक युगमा अवतरित हुन्छन् यहाँ
यस्ता द्रोणाचार्य,दुर्योधन,दुशासन र शकुनीहरू
विभिन्न रुप र नामहरूमा
र,मञ्चन हुन्छ एउटा अर्को महाभारत
बिडम्बना भनौँ या बाध्यता,
म तिनै द्रोणाचार्य,दुर्योधन,दुशासन र शकुनीहरूबाट
यो देशको कायाकल्प हुने सपना देखिरहेछु ।

हेंटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
देशमा फेरि चुनाव आयो

देशमा फेरि चुनाव आयो

मीनप्रसाद लामिछाने
कसरी हुन्छ सुधार ?!

कसरी हुन्छ सुधार ?!

मीनप्रसाद लामिछाने
हामी त केवल घण्टा हौँ

हामी त केवल घण्टा...

मीनप्रसाद लामिछाने
निःशब्द

निःशब्द

मीनप्रसाद लामिछाने
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x