साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेकारको कार

गुरुजी र मोटरको हुन्छ साँठगाँठ दुवैलाई फेरेपछि मिल्छ छाँटकाँट । खान मात्रै जानेको कार फाल्नुपर्छ के पाल्नु बेकार ।

Nepal Telecom ad

कमिसन खादै आयो विदेशको कार
स्वदेशमा नबनेको बेकारको कार ।
पूर्व जाला भन्दाखेरि पश्चिमतिर जान्छ
उत्तर जाला भन्यो फेरि दक्षिणतिर तान्छ ।

मुलुकले भित्र्याएको अष्टावक्री कार
डिजेलमा नचलेर खान्छ परिकार ।
चालक झन् खाँदाखाँदै बङ्गुरकै भयो
मोटरको गति झनै पछाडि पो ! गयो ।

जति ड्राइभर फेरे पनि बाङ्गोटिङ्गो जान्छ
कार जल्ले हाँके पनि साङ्गोपाङ्गो खान्छ ।
हन्तकाले कार सधैँ बेकारमा गुड्छ
लुँड्याएर खान्छ जल्ले त्यसकै भुँडी फुट्छ ।

भुँडी फुट्नुभन्दा पैले कार फेर्नुपर्छ
जनताले खटाएको काम टेर्नुपर्छ ।
आफ्नै सीप, जाँगरमा बनाउनुपर्छ
जनताको चाहनामा चलाउनुपर्छ ।

कोही भन्छन् ड्राइभर फेरे हुन्छ कि त कतै
किन हुन्थ्यो ? भ्वाँङ मात्र भए जताततै ।
गुरुजी र मोटरको हुन्छ साँठगाँठ
दुवैलाई फेरेपछि मिल्छ छाँटकाँट ।

खान मात्रै जानेको कार
फाल्नुपर्छ के पाल्नु बेकार ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
राम्रो म 

राम्रो म 

डा. बमबहादुर जिताली
छन्द छानेर हान्छु

छन्द छानेर हान्छु

डा. बमबहादुर जिताली
सृष्टिमा पार्वतीकाे दृष्टि

सृष्टिमा पार्वतीकाे दृष्टि

डा. बमबहादुर जिताली
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x