साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विध्वंसात्मा

त्यहाँ ८/१० वटा मच्छडहरू ढलेका थिए र केही मच्छडहरू अपाङ्ग अवस्थामा छटपटाइरहेका थिए ।

Nepal Telecom ad

“म महात्मा व्यक्ति अपराध कमाउनु मेरो काम हैन । म शारीरिक र सांसारिक मोहजाल बाहिर छु ।“ महात्मा योगाचार्यले योग गराउँदा गराउँदै फलाक्न भ्याए ।

बिहान चार बजेको समय थियोे । त्यस बखत हामी ५० जना योगसिकारु थियौँ । बसाइ व्यवस्थापन गतिलो भए पनि मच्छडले उपद्रव मच्चाउन छाडेको थिएन । हामी योग गर्दागर्दै मच्छड मार्ने अभियानमा पनि सरिक थियौँ ।

“अर्काको ज्यान लिएर पाप कमाउन यहाँ बसाएको हैन । तिमीहरू आफू बचेर आफ्नो काम गर । अरू प्राणीलाई उनीहरूको काम गर्न देओ ।“ योगाचार्यको मुखारविन्दबाट महात्मा वाणी निस्केर हावामा बिलायो ।

योगाचार्य पाइखाना गएको बेला हामी उनको आसन वरपर नियाल्न पुग्यौँ । त्यहाँ ८/१० वटा मच्छडहरू ढलेका थिए र केही मच्छडहरू अपाङ्ग अवस्थामा छटपटाइरहेका थिए ।

२०७९-०१-२१
सिर्जना कुटी, सिरहा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x