साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लौरो जितायौ किन ?

यस्ताको भर छैन बड्छ गरिमा मान्छन् सबैले घिन ।। स्वार्थी धूर्त हुँदाहुँदै मुलुकमा लौरो जितायौ किन ?

Nepal Telecom ad

थोत्रा भाषण गर्न पर्दछ जहाँ जान्दैन गर्नै भने ।
गर्ला खै कसरी विकास अब ता भो’ देश यो भासिने ।।
धोकी मद्य रहन्छ नाच्छ नकटी खोजेर रम्ने दिन ।
स्वार्थी धूर्त हुँदाहुँदै मुलुकमा लौरो जितायौ किन ? ।।१

गिट्टी खान्न सिमेन्ट खान्न कपटी बानी खराबी पन ।
लुट्ने आदत छैन घूस यसले खाला कसोरी भन ।।
चिन्ता गर्दछ देशको यदि भने सक्दैन यल्ले लिन ।
स्वार्थी धूर्त हुँदाहुँदै मुलुकमा लौरो जितायौ किन ? ।।२

छोरा भाइ दिदी भदा र भतिजा पत्नी बुहारी मिली ।
मन्त्री साम्सद उच्च यी पद सबै मान्दैन बाढ्नै छलि ।।
कल्ले चिन्दछ खै सदा सचिवमा राख्दैन मान्छे चिन ।
स्वार्थी धूर्त हुँदाहुँदै मुलुकमा लौरो जितायौ किन ? ।।३

ढाँट्ने आदत कत्ति छैन ननिको बानी कुनै घातकी ।
बोल्ने खै कसरी इमान छ भने होला र के पातकी ।
यस्ताको भर छैन बड्छ गरिमा मान्छन् सबैले घिन ।।
स्वार्थी धूर्त हुँदाहुँदै मुलुकमा लौरो जितायौ किन ? ।।४

हत्याका घटना कतैतिर कसै गर्दै नगर्ने कुरा ।
यस्ता पामरले चलाउँछ यहाँ गर्छन् कुरा माकुरा ।।
कल्ले मान्दछ गर्छ काम कसरी जान्दैन कैल्यै लिन ।
स्वार्थी धूर्त हुँदाहुँदै मुलुकमा लौरो जितायौ किन ? ।।५

सन्तोषीनगर, कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
परान गो

परान गो

भोलानाथ सुबेदी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x