साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हो नि झापाली क्षमता !!

Nepal Telecom ad

५ वर्षमा २५ चोटी लोकसेवा/ निगम/ बैँक/संस्थान आदिको परीक्षा दिइयो, कहिल्यै पास भइएन । मैले सरकारी जागिर खाने आश मारेको थिएँ, २६ औँ पटकमा कताबाट फ्याट्ट न्याय सेवाको डिठ्ठामा लिखितमा नाम निस्केछ ।
आँगनका डिलमा गएर सात फन्को नाचेँ ।
अन्तर्वार्ताको दिन धनकुटा, लोकसेवा आयोगको कार्यालय गएँ ।

अन्तर्वार्तामा उपसचिव आएका रहेछन्,
उनले सोधे – घर कता हो ?
मैले भनेँ – झापा ।
उनी – कसैलाई सुन्तला दिनुपर्यो भने के भनेर दिनुहुन्छ ?
मैले भनेँ – यी लिनुस् सुन्तला ।
उनले भने – यसरी हैन, डिठ्ठा हुन खोज्ने मान्छे, कानुनको भाषामा भन्नु होस् !!
मैले सुरू गरेँ –
झापा जिल्ला दमक- ९ निवासी, म तिलकरामको नाति, बुद्धिसागरको छोरा, चिरञ्जीवी,
आगे, राजिखुशी भई, पूर्ण इच्छा राखी, पूर्ण होसहवासमा रही,
कसैको डरधम्की तथा दबाबमा नआईकन, यो फल, जसलाई सुन्तला भनिन्छ,
जसमाथि मेरो सम्पूणर् स्वामित्व/हक छ, आगे ऐ ऐ निवासी, बलबहादुरको नाति, सलबहादुरको छोरा, दलबहादुरलाई, पूर्वोक्त फल सुन्तला बोक्रा रस गुदी र बियाँ समेत प्रदान गर्दै, आगे, यो कुराको अधिकार पनि बिनाशर्त सुम्पिन्छु कि,
तपाईं ऐ ऐ को सन्तान दरसन्तान, यो फल सुन्तलालाई काटेर खान, छोडाएर खान, फ्रिजमा राख्न, चुसेर खान या जुस बनाएर खान या नखानसमेत स्वतन्त्र हुनुहुन्छ, आगे, तपसिलको अधिकार पनि तपाईंमा निहित रहनेछ कि-
पूर्वोक्त फल सुन्तला, बोक्रा, गुदी, रस तथा बियाँ सहित या रहित, अन्य कुनै पनि व्यक्तिलाई आफुखुशी दान, बक्सिस, भेटी दिन/नदिन सक्नुहुनेछ, आगे,

साथमा, म घोषणा गर्दछु कि, आजभन्दा पहिला, यस सुन्तलामाथि रहेका, सम्पूणर् अंशवन्डा, वादविवाद तथा मुद्दा मामिलाहरूको जवाफदेही ऐ ऐ म हुनेछु, आगे, आज उप्रान्त यो सुन्तलासँग मेरो कुनै पनि प्रकारको प्रत्यक्ष/अप्रत्यक्ष सम्बन्ध रहने छैन, भनी, ऐऐ निवासी फलाना फलाना ५ जना साक्षी राखी सहिछाप गरिदिञाँ, पछि इच्छापत्र फेरबदल वा जालसाजी भए, कानुन बमोजिम सहुँला बुझाउँला !!

उपसचिव अघि नै बेहोस् भैसकेका रहेछन्,
खरिदार सुब्बाहरू गन्हाउने जुत्ता सुँघाएर होसमा ल्याउन प्रयासमा,

रिजल्ट आयो, तर मेरो नाम निस्केन ।
मेरो अद्भुत क्षमता देखेर डराएछन् क्यारे !!
अहिले खाडीमा १२ घन्टे डिउटी गर्दै छु ।

-सुदीपभद्र खनालको फेसबुक पेजबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x