साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मञ्जुश्री साहित्यिक समाजको काव्यगोष्ठी

मञ्जुश्री साहित्यिक समाजद्वारो आयोजित ४९ औँ प्रविधिमैत्री (भर्चुअल) काव्यगोष्ठी सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं । मञ्जुश्री साहित्यिक समाजद्वारो आयोजित ४९ औँ प्रविधिमैत्री (भर्चुअल) काव्यगोष्ठी सम्पन्न भएको छ ।

काव्यगोष्ठी डा.बहबहादुर जितालीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा.गङ्गा लिगलको प्रमुख आतिथ्यताका सम्पन्न भएको हो । कार्यक्रमको विशेष अतिथि कवि दुष्यन्त भट्टराई, जनार्दन अधिकारी ‘धड्कन’ लगायत हुनुहुन्थ्यो ।

कवि पूर्णदेवी न्यौपाने, मदनराज थापा, बालकृष्ण सुवेदी, उर्मिला पन्त पाण्डे, लक्ष्मीप्रसाद मिश्र, सीता घिमिरे र उत्तम भेटवाल समेतको उपस्थितिमा सबैले विभिन्न छन्दमा सुन्दर कविता वाचन गरी कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रमको कुशल सञ्चालन वीरबहादुर लोहनीले गर्नुभएको थियो ।

प्रमुख अतिथि प्रा.गङ्गा लिगलले शिक्षा, साहित्य र संस्कृतिको शक्तिले आत्म विश्वास बढाउँदै सफलताको शिखरमा चढाउँछ भन्दै यसले आत्मविश्वास बढाउँने कुरा बताउनु भयो । आत्मविश्वासले सफलता प्राप्त हुन्छ भन्ने नैतिक शिक्षा दिने पनि बताउनु भएको थियो । उहाँले मञ्जुश्री साहित्यिक समाजले अहिलेसम्म २३ जना स्रष्टालाई सम्मान र ‘विपी-भूपि मञ्जुश्री पुरस्कार’ प्रदान गरी प्रतिष्ठा बढाएको छ भन्नुहुँदै आफ्ना चोटिला मुक्तकहरू पनि वाचन गर्नुभयो ।

अन्त्यमा, सभाका अध्यक्ष डा. जितालीले वाचन गरिएका कविताहरूको सक्षिप्त समीक्षा गर्नुभयो र कार्यक्रमका कुशल सञ्चालक वीरबहादुर लोहनी लगायत प्रमुख आमन्त्रित, विशेष आमन्त्रित र आमन्त्रित सबै कविहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै आफ्नो कविता वाचन गरेर कार्यक्रमको समापन गर्नुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x