साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जान देउ !

कस्ता दुस्वप्न खप्ने दिन पनि खपियो ! भाग्छ रे ! भाग्न देउ ! साथी हो ! जो वसेका नडगिकन वस्यौं ! डग्छ जो डग्न देउ !

Nepal Telecom ad


जाने जाओस् उ यात्री पतन छ नवुझी खस्छ रे ! खस्न देउ !
आफ्नो जत्रो हुती थ्यो तुुजुक जति थियो फाल्छ रे ! फाल्न देउ ।
जौडे मान्छे हुन जति कुरा चाहिने शक्ति त्यो थ्यो
आफैं स्वाहा ! उ गर्ने भइकन उ हिंड्यो ! गर्नु के ? खस्न देउ !


यो खस्ने चाल नौलो नभइकन सधैं नै थियो त्यो वुझेन)
आँघी व्याधि सधैंको कति कति खपियो ! खप्न सक्तैन जाओस् !
कस्ता दुस्वप्न खप्ने दिन पनि खपियो ! भाग्छ रे ! भाग्न देउ !
साथी हो ! जो वसेका नडगिकन वस्यौं ! डग्छ जो डग्न देउ!


यो बाटो ता सधैंको कठिन छ तर जो जुध्न सक्तैन भागोस् !
त्यस्तालाई नञा नै तिर अव सजिलो लाग्छ ता भोग्न जाओस् !
यो सन्सारेै सधैं नै सहनशील कहाँ ? शान्ति है शान्ति जाओस् !
हामी जम्मै स्वतन्त्री सरि छ उ पनि है भाग्न खोज्यो ! त भागोस् !


के गर्छौ त्यो स्वतन्त्री अव नव पथकै हुन्छ यात्री ! लु होओस् !
थोत्रो जम्मै यताको ! सव चिज नमिठो ! लौ ! नञा स्वाद पाओस् !
मान्छे भोग्ने सवै झैं जति पनि निजकै कामले हो त भोगोस् !
मान्छे देखिन्छ जस्तो उ छ अनि उसले रूप त्यो छ्याङ्ग पारोस् !

झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x