साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ ऐन जान्दैन कि ?

पैसा मोह कतै बढेर अझ ऊ यो ऐन ठान्दैन कि मान्छे मार्नु कला सिकेर अब लौ ऊ ऐन जान्दैन कि ।

Nepal Telecom ad

नेपालीसँग भो छ ऐन फतिलो दोषी नचिन्ने भयो
पैसाको बलमा अडान बदली त्यो ऐन किन्ने भयाे
त्यो लोभी पनको छ काम खुकुलो ऊ ऐन मान्दैन कि ?
को दोषी जन हो भनेर सजिलै ऊ ऐन जान्दैन कि ।१।

खेलाची जसरी गरेर यसरी बिश्वास घट्दै छ यो
पैसामा तुलना भएछ घटना संत्रास बढ्दै गयो
भन्दैछन् जनता जघन्य घटना यो ऐन ठान्दैन कि
मिल्याे रे ममता भनेर मनमा ऊ ऐन जान्दैन कि ।२।

नारी छन् अहिले र उच्च तहमा दुख्दै नदुख्ने भए
हत्यारा जतिकाे पुगेर सपना लुक्दै नलुक्ने भए
चल्छन् भित्र छुरा मरे पनि भुरा ऊ ऐन गन्दैन कि
ठूलाले मसिना  कि ज्यान गतिलाे ऊ ऐन जान्दैन कि ।३।

ठूलै गर्छ कुरा नबुझ्छ उसले त्यो ज्ञान विज्ञानको
कस्तो लालचको दलाल जसरी खै मूल्य भो ज्यानको
खोज्दै न्याय पुगे उपाय सजिलाे ऊ ऐन धान्दैन कि
या सर्वोच्च कतै बनेर गुनिलाे ऊ ऐन जान्दैन कि ।४।

माया गर्छ सधैं मिलेर अति नै चुक्ने छ पैसासँग
मीठो बोल्छ सधैं दलाल जसरी झुक्ने छ पैसासँग
पैसा मोह कतै बढेर अझ ऊ यो ऐन ठान्दैन कि
मान्छे मार्नु कला सिकेर अब लौ ऊ ऐन जान्दैन कि ।५।

सानाेठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x