साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेचिइरहेको युवाशक्ति

सकुनि शैलीले देशको हुर्मत लिने र युवाहरू विदेश लखेटेर आफ्नो बाटो खुला राख्ने दाउपेचकै बोलबालाले देश लथालिङ्ग पारिरहेको छ ।

Nepal Telecom ad

कनसुत्ले खेती गरेर हिँड्ने दिन बाँकी छन् हामीकहाँ ! ठुलै जनबल नभई जनबोली सुनिदैन । कानमा तेल थपिरहने प्रवृत्तिले उचित र आवश्यक माग पूरा गराउन पनि विशाल जनबल देखाएर विरोध शैलीले कम्फारो तात्ने गरी ठोक्नुपर्ने ! सकेसम्म गाली पुराणका धेरै अध्याय खर्चिनुपर्ने बाध्यकारी चलन! अर्कोतिर अरुलाई कुरीकुरी भन्दाभन्दै आफ्नो धोतीले ठाउँ छाडेको पत्तो नपाउने मनहुसहरूको भीड पनि उत्तिकै विष्णुमति किनारका मुलाझैँ मौलाइरहेको बढिरहेको छ ।

सभ्यता कुन चराको नाम ? शिष्ट, शालीन अभिव्यक्ति दिन कहिले सिक्ने ? आफू कुर्सीमा बस्दा भुसुक्क बिर्से हुने गलहत्तिएपछि होस खुल्ने पुरानो शैली बाँकी नै छ । बुढो बरबराउने ढुस्सी परेको शैली जीवितै छ ! यस्तो एकोहोरो मपाईले मलजल पाइरहने कहिलेसम्म ? आफै माला लाउने कतिले हो कहिलेसम्म ? सत्यतथ्यमा विश्वास कहिले गर्ने ? मेरा कुरा मेरो काम, मेरो भाषण सबै ठिक बाँकी सबै बकबक ठान्ने कहिलेसम्म ?

कुर्सी पाएपछि देश जनता, कूटनीति, मर्यादा सबै स्वाहा ! गलहत्तिएपछि छामछुम गर्ने यो कस्तो परिपाटी हो कहिलेसम्म रहिरहने ?

नवपुँजीवादी बेथितिको भेलमा बगेर पर उछिट्टिए पनि मार्क्सवादी दर्शनको भारी बोकेको देखिरहने हसिन सपनाका पारखीहरू स्खलित भएर टुकुचामा मिसिएको हेक्का राख्दैनन् । अब त चेते हुने नि वैज्ञानिक मार्क्सवादमा काती पार्नेको कठालो समातेर पारि पुगिदँन भनेर । विचारले बाँधिनुपर्छ, धमिलो सङ्लिनुपर्छ, तथ्यपूणर् अभिव्यक्तिले शालीन प्रस्तुति पाउनुपर्छ । आफ्ना तर्कले जनमन जित्न सके गाली पुराण च्यापिरहनु्पर्दैन । यो मर्म बरबराउने अवस्थामा पुगेको धङधङीले चाल नपाए पनि बहरका पछिल्ला खुट्टा बिचको फल झर्ला र स्वाद लिउँला भनी पछिपछि लागेको स्यालजसरी आफूलाई युवा भनेर पालो पर्खिरहेकाहरूले त बुझे हुने नि पर्खनुको पनि सीमा हुन्छ भनेर ।

हो, पर्खनुको पनि सीमा हुन्छ ! कहिलेसम्म पर्खिने हो ? कति वर्षसम्म युवा भइरहने हो ? कतिपटक हवस्बहादुर बन्ने हो ? कतै छ लिखितम ? कि सदाबहार युवा हुन पाएँ भनेर फुलेल भइरहेको ? अलिकति दूरदृष्टि, केही भित्री आँट, थोरै त्याग, वैज्ञानिक योजना, साथीहरूसँग पटकपटक विमर्श, सहअस्तित्व लिएर हिँडे गन्तव्य धेरै टाढा छैन भन्ने भाषणमा मात्र हो ? व्यवहारमा खै कहाँ छ ? केवल मनका लड्डु घिउसित खाएर ओछ्यानमा रमाउँदैमा युवा हुनुको कर्तव्य पुग्छ ?

धेरैले सधैंजसो फलाक्ने महावाणी ! हामी जनताको पिरमर्का सहन सक्तनौं । हामी देश र जनताको हितनिम्ति जुनसुकै मूल्य चुकाउन, आफूलाई बलिदान दिन तयार छौ ८ तर बिडम्बना पद-पैसाका लागि सिङ्गै देश भँड्खालोमा हालेर रमाउने जस्तो तुच्छ स्वार्थ लिप्साले रङ्गिएको फोहोरी अनुहार लिएर नेपाल आमालाई गिज्याइरहने ! आखिर कहिलेसम्म ?

राजनीति पेसा होइन सेवा हो भन्ने व्यवहारले तलब,भत्ता ,कमिसन ,घुस प्राप्तिका लागि छलकपट, धुर्त्याइँ,छुल्याइँ, पराइसामु लम्पसार जस्ता निकृष्ट हतकन्डासित रमाउने ? यस्तो कुकर्म गर्न सुहाउँछ कुशल नागरिक तथा असल राजनीतिज्ञलाई ?

सकुनि शैलीमा रमेर देशको स्वाधीनता खाइदिएर जनतालाई झुक्याएर महङ्गीको ढुङ्गाले ढाडमा हिर्काइरहने ? जनताको जीवन कसरी चलिरहेको छ भनेर कुनै राजनीतिकर्मीले चासो दिएको छ ? केवल भर्‍याङ बनाउने आफू उक्लेपछि छभाँचिदिने ! यही सकुनि शैलीले देशको हुर्मत लिने र युवाहरू विदेश लखेटेर आफ्नो बाटो खुला राख्ने दाउपेचकै बोलबालाले देश लथालिङ्ग पारिरहेको छ ।

यो आक्रोश नभई यथार्थ हो । यसलाई बुझ्रेर युवाले जाँगर देखाउन ढिला भइसकेको छ । जनता जगाउने पुवाले हो, इमानले हो, उत्साहले हो, योजनाले हो, कर्मले हो, दृष्टिकोणले हो । यसर्थ बेला छँदै मेला पस्न नहिचकिचाए हुन्थ्यो युवाशक्तिले ! अस्तु

पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
सुकिला अतिथि

सुकिला अतिथि

माधव पोखरेल गोज्याङ्ग्रे
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x