साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे

धोका, जाल र झेल, विप्लव बढी विध्वंस गर्ला तर काला कर्तुत गर्न खोज्छ पहिरी ऊ नित्य पीताम्बर ।

Nepal Telecom ad

डुङ्गामाथि रहेर छिद्र पिँधमा पारेर डुब्ला बरु
खोचे थाप्न सदैव उद्यत हुने सोच्दैन राम्रो गरूँ ।
मिल्ने तुष्टि खुसी असीम मनमा काटे अरूका कुरा
पूरा स्वार्थ भए छ मौन, नभए सुर्किन्छ ऊ पाखुरा ।।

छेपारो रङ फेर्छ, सर्प खतरा भन्छन् यहाँ मानिस
साँच्चै हो कि भनाइ मात्र जनको बुझ्ने गरेँ कोसिस ।
हाँसो उठ्छ मनुष्य कर्तुतहरू देखेर केही रिस
छैनन् सर्प विषालु घोर कलिमा ओकल्छ मान्छे विष ।।

आधा आयु बितेर जान्छ उसको गर्दै खिसी आह्रिस
गाई, गोरु, गधा, गजादि सबको स्वामी बन्यो मानिस ।
धोका, जाल र झेल, विप्लव बढी विध्वंस गर्ला तर
काला कर्तुत गर्न खोज्छ पहिरी ऊ नित्य पीताम्बर ।।

मान्छे धूर्त र द्रव्यलोलुप हुँदा बढ्दो छ लुट्ने क्रम
प्राणीका मह, दुग्ध खोस्छ उसले मान्छेहरूको श्रम ।
आफ्नो कार्य भुलेर विज्ञ सरि ऊ कर्तव्य सम्झाउँछ
आमा- बाबुसमेत बोझ उसले मानेर पन्छाउँछ ।।

आफू गर्दछ खोज लाभ,सुख वा आनन्द आँखा छली
आफू गर्दछ भोज मोज निमुखा प्राणी चढाई बलि।
अर्काको लिन जिन्दगी कति खुसी मान्छेहरू कालझैँ
आफ्नाखातिर अन्य जीवन हरे के धर्म होला र खै ?

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
0
Would love your thoughts, please comment.x
()
x