साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोजको मोज

त्यो ग्रुपलाई माइनस गरिनस् कि अर्कोचोटि यस गाउँमा पस्न, फस्न र बस्न पाइनस् । हाम्रो अनुमतिबिना बस्न आइस् कि गोदाइ खाइस् ।

Nepal Telecom ad

दुई दिने बिदाले सिधा घर पुर्‍यायो अस्ति मस्ती गर्न । अफिसबाट आफ्नो मासिक फिस बोकेको थिएँ कोटमा । कोटमा कुनै खोट नभए पनि गाउँमा पैसाको बोट भनिठान्ने हितहरुले गीत गाउन सुरु गरे- तिम्रो पोजको ओज नै भोजयोग्य छ । गरे गर गाली तर छाड्दैनाँै खाली यसपालि ।

साथीहरूको जोरको सोरमा मेरो पनि मनको चोर जागिहाल्यो । जब भोज मागिहाल्यो तब सीमा पनि नाघिहाल्यो । पैसाको मोहनी भागिहाल्यो र आनन्द मनमा जागिहाल्यो ।

दुई दिने बिदामा एक छाके भोजले कहाँ हुन्छ ? चार दिनको चाँदनी फेरि अँध्यारो रात भन्ने उखानले हामीलाई सिकाएको छ – चार छाकको भोज फेरि अर्को खोज ।

खानेले ख्वाउनेलाई पत्याएपछि ख्वाउनेलाई पनि लठ्याउँछ र दाम सकिएपछि सबैले लत्याउँछ । पहिले मलाई पत्यायो, प्रशंसाले लठ्यायो अनि पैसा सिद्धिएपछि मरेको भैंसीलाई जुम्राले छोडेर जान्छ भनेझैँ लत्यायो । पसलेले पनि पहिले आफ्नो ज्वाईँझैँ मान गर्‍यो अनि मुठो अँठ्यायो, त्यसपछि हुत्यायो ।

केही साथीको घेरामा दुई दिन बसेपछि अरुले फेरा लिन पाएन । उनीहरूलाई मैले रोकेको, हुर्मत ठोकेको र केहीलाई बोकेको लागेछ । साउ भएर भाउ नदिँदा गाउँबाट लखेट्ने उपाय लखेट्ने वा अर्कोचोटिलाई आफ्नै समूहमा अँचेट्ने दाउ तिनीहरूको रहेछ । अन्तमा, त्वयं शरणं गच्छामि भन्दै उनीहरूकै घरको भर नपरी धरै भएन । सोझै एक जनाले भन्यो – त्यो ग्रुपलाई माइनस गरिनस् कि अर्कोचोटि यस गाउँमा पस्न, फस्न र बस्न पाइनस् । हाम्रो अनुमतिबिना बस्न आइस् कि गोदाइ खाइस् ।

गाउँमा भाउ नदिनेहरुले पनि घाउ दिने दाउ खोजिरहेका हुन्छन् ।

रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x