साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साँढेतिहारको तयारी

फिँज गजगज निकालेर उघ्राउनेछ साँढेको प्रतापबाट अभिभूत बाच्छा बाच्छीको समाज जयकारका साथ ताली बजाउनेछ ।

Nepal Telecom ad

गोठालाहरू हो
तयारी गर
यस पालि पनि
गोरुतिहारको छेक पारेर
केही भिमसिने बोकालाई
अघिपछि लगाई
तिम्रा गोठतिर
तिम्रा टोलटोलमा
उही पुरानै छाडा साँढे
आउँनेछ
साथमा
झर्ला र खाउँलाको लोभमा
पछि लागेको
स्यालको हुल
साँढेको जयगानको
तुमुल ध्वनिमा
वरिपरिबाट कराउनेछ
साँढेको एकाधिकारगान
अविरल गाउनेछ
तैपनि वास्ता नगरी
साँढे लुसु लुसु आउनेछ
गाउँठाउँका साना बहरहरूलाई
बाच्छीहरूलाई
सके फकाउनेछ
नसके सताउनेछ
फिँज गजगज निकालेर
उघ्राउनेछ
साँढेको प्रतापबाट
अभिभूत बाच्छा बाच्छीको समाज
जयकारका साथ
ताली बजाउनेछ
यसको बदलामा साँढे
आश्वासनको राग
उघ्राउनेछ
साँढेतिहार सकिएपछि
पुरानै गोठतिर फिर्ने
मन बनाउनेछ
साँढे पुरानै थलामा
ठुलो रास लगाएर
गोब्यार्उनेछ
हेरिराख्नुहोला
साँढेतिहारको कुँडो खान
साँढे आउनेछ ।

०००

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x