साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दासको दास, दास

त्यो दास त्यहाँ बसेको कुर्सी दास त्यसको कार्यकर्ता दास त्यसको नेता दास । चारैतिरबाट आवाज फर्किन्छ दास दास दास दासले दासलाई दास भनेपछि ।

Nepal Telecom ad

दासले दासलाई दास भनेपछि
दास दासहरूको होडबाजीमा
दासको प्रतिस्पर्धात्मक दौडमा
दासले दास हुन आस मानेपछि
कसको पो शिरमा श्रीपेच हुन्न र ?

श्रीपेचको दासत्वबाट उम्कन खोज्नेले
श्रीपेच विहिन खप्परको हुकुमतमा
लगौंटीले छोपेको आङ् तनक्क तन्काउँदै
धनुष्टाङ्काररूपी जयजयकारको आवाज
कसलाई पो कणप्रिय नहोस् ?
कसलाई पो मन नपरोस् ?

आवाजको सपनीमा श्रीपेचको पहिरनले
कम्मरमुनि ढोग्ने जमातको जयजयगानमा
समूह समूमा हुने जयजयकारमा घेरिने
सौभाग्यवादीहरूमा
कसलाई मन छैन महाराज हुन ?

जय नेपाल महाराज !
लालसलाम महाराज !
जयजय सरकारी जग्गा हड्पौँ महाराज
जयजय भ्याट छलौँ महाराज
जयजय कर छलौँ महाराज
महाराजको जयजय गान हुँदा
को महाराज बन्दैन र ?

वार्ड राजा
पालिका राजा
जिल्ला राजा
पिर्के सालामी राजा
राष्ट्रका राष्ट्र महाराजा
साथ समर्थहरूका बडामहाराजाको
गायनको भावनमा
को पो नबन्ला बडामहाराज !

दासको खुट्किलामा
दासको सोपानमा
दासको संरचनामा
दास बन्ने स्वतन्त्र होडबाजीमा
कुन चाहिँ विदेशी खुसी नहोला
बडामहाराज दास बन्न खोजे
बडा महाराजलाई दास बनाउन पाए ।

दासहरूको बगालबाट आवाज गुन्जिन्छ
हैट, म दासत्व स्विकार्दिन
त्यो दास
त्यहाँ बसेको कुर्सी दास
त्यसको कार्यकर्ता दास
त्यसको नेता दास ।

चारैतिरबाट आवाज फर्किन्छ
दास दास दास
दासले दासलाई दास भनेपछि ।

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x