सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दासको दास, दास

त्यो दास त्यहाँ बसेको कुर्सी दास त्यसको कार्यकर्ता दास त्यसको नेता दास । चारैतिरबाट आवाज फर्किन्छ दास दास दास दासले दासलाई दास भनेपछि ।

Nepal Telecom ad

दासले दासलाई दास भनेपछि
दास दासहरूको होडबाजीमा
दासको प्रतिस्पर्धात्मक दौडमा
दासले दास हुन आस मानेपछि
कसको पो शिरमा श्रीपेच हुन्न र ?

श्रीपेचको दासत्वबाट उम्कन खोज्नेले
श्रीपेच विहिन खप्परको हुकुमतमा
लगौंटीले छोपेको आङ् तनक्क तन्काउँदै
धनुष्टाङ्काररूपी जयजयकारको आवाज
कसलाई पो कणप्रिय नहोस् ?
कसलाई पो मन नपरोस् ?

आवाजको सपनीमा श्रीपेचको पहिरनले
कम्मरमुनि ढोग्ने जमातको जयजयगानमा
समूह समूमा हुने जयजयकारमा घेरिने
सौभाग्यवादीहरूमा
कसलाई मन छैन महाराज हुन ?

जय नेपाल महाराज !
लालसलाम महाराज !
जयजय सरकारी जग्गा हड्पौँ महाराज
जयजय भ्याट छलौँ महाराज
जयजय कर छलौँ महाराज
महाराजको जयजय गान हुँदा
को महाराज बन्दैन र ?

वार्ड राजा
पालिका राजा
जिल्ला राजा
पिर्के सालामी राजा
राष्ट्रका राष्ट्र महाराजा
साथ समर्थहरूका बडामहाराजाको
गायनको भावनमा
को पो नबन्ला बडामहाराज !

दासको खुट्किलामा
दासको सोपानमा
दासको संरचनामा
दास बन्ने स्वतन्त्र होडबाजीमा
कुन चाहिँ विदेशी खुसी नहोला
बडामहाराज दास बन्न खोजे
बडा महाराजलाई दास बनाउन पाए ।

दासहरूको बगालबाट आवाज गुन्जिन्छ
हैट, म दासत्व स्विकार्दिन
त्यो दास
त्यहाँ बसेको कुर्सी दास
त्यसको कार्यकर्ता दास
त्यसको नेता दास ।

चारैतिरबाट आवाज फर्किन्छ
दास दास दास
दासले दासलाई दास भनेपछि ।

०००
कैलाली, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बैँसका बेबी

बैँसका बेबी

शिवप्रसाद जैशी
खान्छौँ त, जे बाँकी छ !

खान्छौँ त, जे बाँकी...

शिवप्रसाद जैशी
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने