साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाँदरको तमासा

पशुपति, स्वयम्भू चकित बस्नखानै नदिने हो कि त ! झार्छु भन्थे आकाशका तारा झार्ने भए मान्छेका बङ्गारा ।

Nepal Telecom ad

देखाएर ढेँडुले आशा
भ्रष्टाचार गरेर तमासा ।
दक्षिणको हनुमान पहिले
पश्चिमका हली झैँ अहिले ।

मुलुक नै राइफाँडो पारेर
खाने भए तावामा तारेर ।
“…धन प्यारो” उखान जनाए
माछो-माछो भ्यागुतो बनाए ।

गोकुलमा भेटिए चोर
एक खरब सत्तरी करोड ।
हनुमान शहरमा पसेर
खान थाले झ्यालैमा बसेर ।

पशुपति, स्वयम्भू चकित
बस्नखानै नदिने हो कि त !
झार्छु भन्थे आकाशका तारा
झार्ने भए मान्छेका बङ्गारा ।

भागबन्डा लाएर खाए
दुनियालाई तमासा देखाए ।
शिरमाथि चढेर लाखु
जन-धन बनाए तमाखु ।

०००
नागार्जुन न.पा. १, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x