साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढो

कपाल फुल्दैमा बाजे भनेर गनिदैन पाली टोपी पछाडि फर्काउँ जस्तो भो कपाल रङ्गाएर लर्काउँ जस्तो भो किनकि चुनावपछि त केटाहरू बूढो भनेर पो हेप्न थाल्यो !

Nepal Telecom ad

मलाई पनि अब फाटेको पेन्ट लाउँ जस्तो भो
रक र पपमा अङ्ग्रेजी गीत गाउँ जस्तो भो
दायाँ र बायाँ कानमा फलामे कुण्डल झुण्ड्याएर
खुट्टा बजार्दै गिटार बजाउँ जस्तो भो
किनकि चुनाव पछि त
केटाहरू
बूढो भनेर पो हेप्न थाल्यो !

कसो !
आँच ब्रो भन्दै हिनेपछि
बिरङ्गी सुज किनेपछि
पुठ्ठाभन्दा तल पेन्ट सारेर
एउटा बाउला माथि एउटा तल झारेर
औंलाभरि बजारे औंठी पिनेपछि
कसको हिम्मत मलाई सुड्डो भन्ने
पिण्ड खाने उमेरको भनेर नगन्ने ?
मलाई पनि जिब्रो बटारेर भाका बनाउँ जस्तो भो
चुरोटको सुर्ती झारेर मडुवा भरी खाउँ जस्तो भो
झम्के रुमाल घाँटीमा बेरेर
हिन्दी र्याप सुनाउँ जस्तो भो
किनकि चुनाव पछि त
केटाहरू
बूढो भनेर पो हेप्न थाल्यो !

पाखुरामा त्रिसुल डामे झैं
टाटु बनाउँ जस्तो भो
समसाँझैं मधुशालाबाट निष्किएर अलिअलि गनाउँ जस्तो भो
बिना हेल्मेट ट्राफिक छलेको सान दिएर
चार जाना चढेर दादागिरीको ट्याग लगाउँ जस्तो भो
ब्याक पकेटमा मोटो पर्स खाँदेर
हातमा दानेमाला बाँधेर
धूनी जगाउँ जस्तो भो
किनकि चुनावपछि त
केटाहरू
बूढो भनेर पो हेप्न थाल्यो !

अझै पनि आँतमा हिम्मत छ
गुजराँती भैंसीको दुध खाएको तागत छ
अझै पनि बारी खन्न सक्छु
स्तोत्रहरू कण्ठस्थ भन्नसक्छु
कम्प्युटरमा उस्तै औंला चलाउँछु
अन्ताक्षरीमा मै हुँ भन्नेलाई गलाउँछु
बाजा बजाउँछु
बगैंचामा फूल सजाउँछु
साहित्य र राजनीति बुझ्नसक्छु
धर्म दर्शन पर्गेल्न सक्छु
पठ्ठाहरू केही नजानी जान्ने भएका छन्
दारी पाल्दैमा
बुज्रुक भइन्छ भन्ने ठान्नेभएका छन्
बूढा हुँदैमा केही गर्न नसक्ने हुँदैन
कपाल फुल्दैमा बाजे भनेर गनिदैन
पाली टोपी पछाडि फर्काउँ जस्तो भो
कपाल रङ्गाएर लर्काउँ जस्तो भो
किनकि चुनावपछि त
केटाहरू
बूढो भनेर पो हेप्न थाल्यो !

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x