साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिराहाको पावर

ठूला माछा सुरिएर सानालाई खान्छन् मान्छेलाई पाएसम्म दुलाभित्रै तान्छन् । पिराहाको पावरले गर्नसम्मै गर्‍यो मिचाहाको अधीनमा मुलुक नै पर्‍यो ।

Nepal Telecom ad

अरिङ्गाल, बारुलाले डस्न थालेका छन्
मौरी खाई घारभित्र बस्न थालेका छन् ।
मात्तिएर मलसाँप्रो उफ्रिएर आयो
भत्काएर घारलाई मह-मौरी खायो ।

चितुवाले सताएर नानाभाँति गर्‍यो
गाई मारी गधा पोसी आफ्नै भुँडी भर्‍यो ।
निर्धालाई घचेटेर बलिया चैँ जागे
गाईप्राणी डराएर पीडा भोग्न लागे ।

लामखुट्टे र उपियाँले सताउन थाले
बाघ जस्ता बनी मान्छे बिताउन थाले ।
बाज बने मान्छे कोही डराउँदै गए
डाँफे चरी बनेलीमा हराउने भए ।

हलो छोडी गोरु आए नीति बनाउन
भेडाहरू भेला भए थाले सघाउन ।
गधाले पो ! प्रजातन्त्र चलाउन थाल्यो
प्रजालाई पन्छाएर अघाउन थाल्यो ।

ठूला माछा सुरिएर सानालाई खान्छन्
मान्छेलाई पाएसम्म दुलाभित्रै तान्छन् ।
पिराहाको पावरले गर्नसम्मै गर्‍यो
मिचाहाको अधीनमा मुलुक नै पर्‍यो ।

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x