सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पिराहाको पावर

ठूला माछा सुरिएर सानालाई खान्छन् मान्छेलाई पाएसम्म दुलाभित्रै तान्छन् । पिराहाको पावरले गर्नसम्मै गर्‍यो मिचाहाको अधीनमा मुलुक नै पर्‍यो ।

Nepal Telecom ad

अरिङ्गाल, बारुलाले डस्न थालेका छन्
मौरी खाई घारभित्र बस्न थालेका छन् ।
मात्तिएर मलसाँप्रो उफ्रिएर आयो
भत्काएर घारलाई मह-मौरी खायो ।

चितुवाले सताएर नानाभाँति गर्‍यो
गाई मारी गधा पोसी आफ्नै भुँडी भर्‍यो ।
निर्धालाई घचेटेर बलिया चैँ जागे
गाईप्राणी डराएर पीडा भोग्न लागे ।

लामखुट्टे र उपियाँले सताउन थाले
बाघ जस्ता बनी मान्छे बिताउन थाले ।
बाज बने मान्छे कोही डराउँदै गए
डाँफे चरी बनेलीमा हराउने भए ।

हलो छोडी गोरु आए नीति बनाउन
भेडाहरू भेला भए थाले सघाउन ।
गधाले पो ! प्रजातन्त्र चलाउन थाल्यो
प्रजालाई पन्छाएर अघाउन थाल्यो ।

ठूला माछा सुरिएर सानालाई खान्छन्
मान्छेलाई पाएसम्म दुलाभित्रै तान्छन् ।
पिराहाको पावरले गर्नसम्मै गर्‍यो
मिचाहाको अधीनमा मुलुक नै पर्‍यो ।

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने