साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झल्लू बाबाको प्रातःभ्रमण

एक दिन त उनकै घरमा योङ्मदरको रेला मोसोसंगै लबटाको चल्यो पेलम्पेला शौचालयभित्र छिरी बल्ल बाँच्यो ज्यान अर्को दिन अर्कै टोल डुल्ने पस्यो ज्ञान ।

Nepal Telecom ad

१
मान्छे उनी अलि पुड्का नामै डल्लुराम
यताउती ठगी धन्दा समाज सेवा नाम
बौबाजेको कोदोबारी बेची सहर पसे
लेखापढी गर्न भनी अड्डाछेऊ बसे

२
छुल्याहा र काइते कीर्ते बने उन्का मित्र
हाकिमलाई ख्वाउन सिके घिऊ भित्रभित्र
काम ल्याउने ग्राहक चैँ रोज्जाखाले छानी
सधै गोजी भर्न थाले आफ्नै बिर्ता ठानी

३
साठी नाँघे पाठी खोज्ने बस्यो सुल्टो बानी
पठ्याङ्ग्रा र थारा ठण्टा हेर्थे छानीछानी
कुनै बसमा भीड देखे सुत्त भित्र छिर्ने
सोझा नानी भेटे नाता लगाई भाडा तिर्ने

४
संगसंगै वर्लिएर बन्दै पाइन्दार
डेरा डण्डा धाई भन्थे गरौं घरबार
लोप्पा खान्थे,कैले भने खल्ती पार्थे खाली
क्यै गरे नि चेत्ने हैन पाउँदा उल्टो ताली

५
यौङ मदरले बच्चाबच्ची स्कूल लान थाले
उनले पनि मोर्निङ वाक गर्न पाइला चाले
ड्याम्के भन्थे कसैलाई टुन्टुन कसैलाई
एकेक नाम राखी हिँड्थे नारी सबैलाई

६
नरिवलमा आँखा कैले कैले कुभिण्डोमा
फर्की फर्की हेर्न थाले ताकी उझिण्डोमा
योङ मदरले जिस्क्याएको चाल पाई हाले

सिल्ली बुढा झल्लू रैछन् भनी खेर्न थाले

७
एक दिन त उनकै घरमा योङ्मदरको रेला
मोसोसंगै लबटाको चल्यो पेलम्पेला
शौचालयभित्र छिरी बल्ल बाँच्यो ज्यान
अर्को दिन अर्कै टोल डुल्ने पस्यो ज्ञान ।

०००
काठमाडौं
९८४१६४७१८९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x