साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काउसोे ब्रम्हाण्ड

अनि के के जातिको आकर्षण घोलेर गोराहरू काउसो बाँडिरहेका छन् । निख्खर काउसोको गति चाल पाएर दक्षिण एसियाली छाउराहरू अलिक चनाखा भैसकेका छन् ।

Nepal Telecom ad

जन्मदैमा प्रभाव घरबाट सुरु हुन्छ । घरबाटै शिक्षाको चालढाल बढ्छ । काउसो संस्कृतिको प्रवलता हिजोबाट आजमा आएर घर घरमा कसरी घुसेको छ । पाठेघरदेखिनै काउसोले कस्तो प्रकारले डेरो जमाएको छ यहाँ देखिकै मेलोमेसो खुच्याउँ जस्तो लागेको छ । हुन त हिजो आज चिलाईका अनगिन्ति प्रकारले गर्दा लामा कुरा गर्न, सुन्न, पढ्न कसलाई फुराउनु पर्दछ । आफू परियो पुरानो मान्छे ! नयाँ भाका जानिया छैन सिक्न खोजिँदैछ सिकाउनेहरूका जाँदा जहिले पनि हाउस फूल, पकेट फूल भएकाले टम्म हाफ पकेट लाममा पकेट हलुङ्गे सोतर चउरमा । त आफू पनि दरिएको छु प्रतीक्षा सूचिमा… यसैले हात लाग्यो भने बढिएला समय गतिमा नभए गडिन्छ उही जौ तो उही मुसल खलमा । यसैले अहिले चै पुच्छरे मतिमै । तापनि छारोको आडमा तारो हानेर घर काउसोको छारो उडाउने नक्कल गरिँदैछ । कनिकुथी पारामा…. ।

(१) मम्हरू मःमसम्म फ्रोजनको भोजनमा व्यवहारिक भैसकेका छन् । अट्याचलाई क्याच गरेर क्लव, पवका ब्याचमा परेर ब्याटिङ वलिॅमा पोख्त छन् । चौका छक्काको कुरै छौडौँ । त्यसको दोहरी तेहरीमा रन दनादन बर्साउन सक्षम मात्र होइन पोख्त बनिसकेका छन् । टेलिफोन बोल्ड भएर मोबाइल कलमा रक एण्ड रोलमा मस्त मात्र होइन साडीलाई झाडीमा अल्झाएर मेक्सी र जिन्स भन्दा अलग्गिएर सलवार कुर्तासम्ममा दनादन तनातन लमक्क लमक्क लम्किसक्यो । अझ त कालो कपालको विरुप रातो खैरोमा ढल्किसक्यो । चुलो चौको मेला पातको लागि छुट्याउने तर्फ लागि सक्यो । अर्थात् काउसो दल्नसम्म दलेर आधुनिक कन्याउनेमा फरर छारो देखाउने भैसक्यो ।

(२) दाइ दिदी भन्ने कन्याई सायद कन्याम नाघिसक्यो यसैले मम्हरूका लाठे त के भुन्टीसम्म ड्याड, मम क्याच गर्न पल्किसक्यो । जुँगाको रेखी नबस्तै छात्तीको बान्की नआउँदै गर्ल फ्रेण्ड घरमा ल्याएर हिपपमा कपका कप सुक्र्याउने भै सक्यो । जमाना काउसोको छ । चिलाइमा अस्थायी साधनको प्रसार प्रसार चुलीमा चुलिएकै छ । यसैले प्रजातन्त्र अभ्यास घरबाटै जोड तोडमा फक्रेको छ । काउसो टि.भी इन्टरनेटबाट छरिएकै छ । जति दल जति कन्याउ क्षमतावानको क्षमता प्रदर्शन जोडतोडले चलेको छ । कोसँग के लुकेको छ, को कसबाट लुक्न सक्दछ ? यसैले लुगाहरू नक्सा मय मात्र हैन भू-भाग र पानी भाग छरपस्ट छ । यसैले त कन्याउन झन सजिलो भएको छ । कन्याउन लगाउन सजिलो भएको छ । यो प्रकृयाबाट काउसो छर्कन किन्नै नसक्ने अनि वचन गर्न चाहनेहरूका निम्ति पनि प्रभावकारी छ । उडेको छारोले तिनका आवश्यता आपूर्ति गरिरहेको हुन्छ । यति मात्र होइन यो महँगीको जमानामा कपडाको बचत पनि हुन पुग्दछ । हुन त यो रमथमनै हलिउड, बलिउड, कलिउडको छाप काउसोको करामत हो ।

(३) व्यापकता नै प्रभावकारिता भन्ने कुरा काउसेहरूले बुझिसकेका छन् । यसैले दुर्लभताबाट माग वृद्धि भन्ने पुरानो सिद्धान्तलाई दन्काइ रेडियोबाट चलचित्र हुँदै अहिले टी.भी. भि.सि.डी. इमेलबाट मज्जाले काउसोको प्युसा छुटाइएका
छन् । परिणाम त कन्याएर लभ पर्नु, लभ परेपछि कि त क्लिनिक धाउनु कि त बिहे गर्नु, बिहे गरेर लोग्नेको ड्रग्स र मादक बानीले भरपुर पूजाबाट माइत सरी बस्नुको चिलाइले माइत भरिकालाई काउसो छरेर हैरान पार्नु नानीदेखि लागेको बानी नभएर काउसे दाहको यस्तै परिणति हो । यसरी यो काउसो ग्रहबचैं जोगीको खरानी घसाई भन्दा के कम के बढी त्यो त भुक्त मानेहरूलाई नै थाहा हुने कुरा भो ।

(४) भन्नु होला के कुनै जाति मात्रको फेसन हो र ? पक्कै पनि होइन यो सर्वजातीय अनि सर्वव्यापकीय रूपमा आच्छादित रहेको छ । काउसोको रोजाइनै यस्तो प्रकारले भएको छ कि थोरै प्रयोग मात्रले व्यापक प्रसार होस् (काउसोको गुण नै यस्तो छ) । एकदम कम काउसो छरे पनि कन्याउँदा जति छारो उडाउँछ त्यसले प्रभाव चारैतिर फैलाई रहेको हुन्छ । हिजो आज मेलापातमा कन्सर्टको काउसोले डबल मज्जा दिइरहेको हुन्छ । माथि स्टेजमा दृश्य अर्कै देखिन्छ तल त्यसको तालमा मग्नमस्त हुँदाहुदै जोडीलाई तोडी एक्लाले तान्ने अनि त्यसपछि रौद्र रसको अनुपम अवलोकन गर्न पाइने काउसो र छारोको सङ्गम हो । कालो महादेशको घनत्वलाई तन्काउँदै पातलो र पारदर्शी रूपमा फैलाउने काम गोराले गरे । कालालाई दासत्वको बडेमा यिनका छालाभन्दै समुन्द्रको पानी झैं काला साथी राक्षसी लिला खेल्ने गोराका काउसो दलाई हेर्दा बुद्धका आँखा पनि राता पीरा हुन्छन् । महावीरका मस्तिक तात्दछन् गान्धीका शान्तिमा ज्वारभाटा बहन्छन् । यस्ता काउसोका कन्याई हिजोआज कति बाँकी छन् त्यो त भगवान नै जानुन् । तर त्यसलाई छोप्न मानव अधिकारको अत्तर प्रजातन्त्रको मख्खन् अनि के के जातिको आकर्षण घोलेर गोराहरू काउसो बाँडिरहेका छन् । निख्खर काउसोको गति चाल पाएर दक्षिण एसियाली छाउराहरू अलिक चनाखा भैसकेका छन् ।

यसैले उनीहरू त्यसमा मानवीय कमजोरिका अरू अरू साधनका साथ साथै “महादेवका तीन नेत्र” का मुख्य वाहन सहित एडको साथमा एड्स भेट्का साथमा सांस्कृतिक भ्याट् पनि पटापट बाँडेका छन् । यसैले उनीहरू दाता कहलिएका छन् । भ्रष्टाचारको जालो थापेर अड्को अनेकन अदृश्य राखेका छन् । ठिङ्ग उभ्याइमा केही हलचल भयो कि यै जालोले मोडेर छोपेर तुर्लङ्ग झुण्ड्याउने गरेका छन् । यसरी डाडु, पन्यौ मात्र हैन खड्कौलो समेत आफ्नै हातमा राखेर काउसो जगतमय छारो ब्रह्माण्डमय तुल्याई रहेकाछन् । छन् त छन् अरू अरू पनि तर सुनामी भन्दा त अहिले हुनु हुनामी पो लाग्यो लाग्यो लाग्यो…। कन्याउन मन लाग्यो उफ ! चिलायो… चिलायो बस् चिलायो … ।

०००
‘फित्कौली’ अङ्क ३५, २०६९ चैत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहासन र अनुहार

सिंहासन र अनुहार

युवराज मैनाली
गर्जन

गर्जन

युवराज मैनाली
पतन

पतन

युवराज मैनाली
चक्रवर्ती सम्राट

चक्रवर्ती सम्राट

युवराज मैनाली
ब्वाँसोको राज्य

ब्वाँसोको राज्य

युवराज मैनाली
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
0
Would love your thoughts, please comment.x
()
x