साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्दार कान्छा !

हल्दार कान्छा ! तिम्रो योगदान उच्च छ तिमी अरुलाई सलाम गर्छौ मेरो तिम्लाई सलाम छ तर कृपया भ्रष्टाचार चैं नगर पवित्र पोसाकमा मैलो दाग नछर ।

Nepal Telecom ad

अहिले पट्याङ्ग गालामा दिउँ ?
मैले घुस नखाउ भनेको होइन ?
पर्यौ कि परेनौ त अख्तियारको फन्दा
खुच्चिङ् ! मैले भनेको नमान्दा
समातियौ त
हल्दार कान्छा !

हल्दार कान्छा !
भ्रष्टाचार तिम्ले गर्ने होइन
तिम्रो योग्यताले दिँदैन
भ्रष्टाचार गर्न खप्परमा लिएर आउँनुपर्छ
उपरवालाले दिएर आउँनुपर्छ

माथि डाँडामा उक्लेर शहर हेर त हल्दार कान्छा !
ती अग्ला हाकिमका घरहरू
आफ्नै तलबले बनेका हुन् ?
सचिव र मन्त्री हुन सकेनौ त
बाउ बाजेले त्यसै भनेका हुन् ?
ती मार्बलले टालेका सिस महल देखेर
अख्तियार पनि डराउँछ
ती भब्यताको तिलश्मी झकिझकाउमा
प्रमाणहरु पनि हराउँछ
भ्रष्टाचार त त्यसरी पो गर्नुपर्छ हल्दार कान्छा !

हल्दार कान्छा !
भ्रष्टाचार त त्यसरी पो गर्नुपर्छ
फलानुले त शहरमा प्रगति गर्‍यो भनुन्
गाउँ पस्ता पनि भद्र भलाद्मीमा गनुन्
अख्तियारमा आफ्नै म्यारिजे यार हुन्
नेता मन्त्री चन्द्रमा झैं दाहिने बनुन्
त्यसरी पो घुस खानुपर्छ त हल्दार कान्छा !

ठिङ्गग उभिएर रोडमा होइन
फाइबस्टारमा करोडमा बार्गेनिङ् गर्नुपर्छ
दायाँबायाँ तलमाथि अलिअलि मानाचामल भर्नुपर्छ
योजना लुकाउँनु पर्छ
मुहान सुकाउँनु पर्छ
बत्ती निभाउँनु पर्छ
बहर गोरु दाउँनु पर्छ
तिमीले त बिचरा नुन चामलको पोका खोतले पछि
खुस्रुक्क सय दुईसय लिएर चले पछि
पक्राउ त परिहाल्छौ त हल्दार कान्छा !

हल्दार कान्छा !
तिम्रो त कुखुरे छाती
अझ कुखुराको जस्तै चारो खाएपछि
तिमी आफैं कुखुरा
तिम्री बुढी कुखुरीले चार हजारको सारी माग्न हुन्छ ?
गजल रेष्टुराँको के कुरा
माघे मेलामा जाने इच्छा जाग्न हुन्छ ?
साधारण सुट नभएर सालोको विहेमा जान नसक्ने तिमी
दमाहा जत्रो छातीको कल्पना गर्न हुन्छ ?

तिमी हल्दार
तिमीभन्दा दशौं तला माथि बस्छन् चोरहरू
तिम्रो बुटभन्दा कडा छन् तिन्का सोरहरू
त्यसैले हल्दार कान्छा
तिमी शुद्ध राष्ट्रसेवक
तिमी शुद्ध जागिरे
भ्रष्टाचार गर्ने कल्पना नगर
खै तिम्रो भ्रष्टाचार गर्ने योग्यताको सर्टिपिकेट ?
जागिर त्यै हो
गड्याम्म बुट ठोक
हिलो आली र खोलामा
भि आइ पि हरु बोक
तिम्रो छाप्रो बनाउँने सपना बोकेर
नेताहरुको घर सुरक्षा गर सलाम ठोक
यता जाउ गाली खाउ उता जाउ लाठी बर्साऊ
उनिहरू जुलुस गरिरहन्छन्
तिम्रो टाउकोमाथि ढुङ्गा झरिरहन्छन्
अविचलित कर्तव्यनिष्ठ प्रहरी बन
तिमी गरीबको छोरा
त्यसैले सबैले तिम्लाई अर्घेलो देख्छन्
तर
हल्दार कान्छा !
तिम्रो योगदान उच्च छ
तिमी अरुलाई सलाम गर्छौ
मेरो तिम्लाई सलाम छ
तर कृपया भ्रष्टाचार चैं नगर
पवित्र पोसाकमा मैलो दाग नछर ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x