मरुभूमि नारायणलुट्ने यिनै हुन्
देखाइ सपना ठूलो सुताइ थाङ्नामा लगाइ आगो हाँडीमा भुट्ने यिनै हुन् ।

भागबण्डा नमिल्दा फुट्ने यिनै हुन्
मिल्दा अङ्शबण्डा जुट्ने यिनै हुन् ।
महिला अधिकारका कुरा यिनै गर्ने
थुनेर ढोका स्वास्नी चुट्ने यिनै हुन् ।
गल्ती धेरै गर्नेलाई माफी धेरै हुन्छ
कैद मिनाहा गरी छुट्ने यिनै हुन् ।
देखाएर ढिकी जाँतो ती विदेशीलाई
मरमसला ढुङ्गामा कुट्ने यिनै हुन् ।
जपेर राम नाम ठूलो पारी आवाज
राखेर त्रिशूल भुँइमा लुट्ने यिनै हुन् ।
देखाइ सपना ठूलो सुताइ थाङ्नामा
लगाइ आगो हाँडीमा भुट्ने यिनै हुन् ।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest







































