फित्काैली डटकमठट्याैली :: ‘पढेलेखेका लुटेरा !!’
“हामीले ज्यान जोखिममा हालेर १० लाख लुट्यौं तर त्याे बैंक मेनेजरले चुट्कीको भरमा ३० लाख लुटेर मिलिजुली खायो ।” यसलाई “पढेलेखेका लुटेरा” भनिन्छ ।

सरकारी बैंक लुट्ने क्रममा लुटेराको नाइकेले कराउँदै भन्योः
“कोही हलचल नगर्नू । यो पैसा राज्यको हो तर ज्यान तपाईंहरूको । राज्यले आफ्नो धन मिलाउन जान्दछ तर तपाईंहरू आफ्नो ज्यान जोगाउनुस् ।”
बैंकमा भएका सबैजना भुइँमा पल्टेर ज्यान जोगाए
यसलाई “सोच परिवर्तन” भनिन्छ ।
लुटेराहरू आफ्नो स्थलमा फर्केपछि एक जनाले नाइकेलाई भन्योः
“बोस, हामी कति पैसा लुट्न सफल भएछौं गनेर त हेरौं ।”
नाईकेले हकार्दै भन्छ;
“कस्तो मूर्ख कुरा गरेको ? यहाँ धेरै पैसा छ, गन्न समय लाग्छ । आज हामीले कति लुट्यौं भरे समाचारले भनिहाल्छ नि ।”
यसलाई “अनुभव” भनिन्छ ।
लुटेराहरू निस्केपछि खजाञ्चीले बैंक मेनेजरलाई पुलिस बोलाउन आग्रह गर्यो ।
“पख्नुस् ! पहिला हामी आफ्नो लागि १० लाख छुट्टाऔं र हामीले हिनामिना गरेको २० लाख पनि, अनि पुलिस बोलाउँला । मेनेजरले खजाञ्चीलाई भन्यो ।”
यसलाई “मौकामा चौका हान्नु” भनिन्छ ।
टिभीमा समाचार आयो- बैंकबाट रू. ४० लाख लुटियो । खबर सुनेर डाँकाहरूले आफूले लुटेको पैसा गन्न थाले । तर जतिपल्ट गने पनि जम्मा १० लाख चानचुन मात्र ।
यता लुटेराको नाईकेले भन्नथाल्यो;
“हामीले ज्यान जोखिममा हालेर १० लाख लुट्यौं तर बैंक मेनेजरले चुट्कीको भरमा ३० लाख लुटेर मिलिजुली खायो ।”
यसलाई “पढेलेखेका लुटेरा” भनिन्छ ।
०००
सामाजिक सञ्जालमा मडारिँदै
Subscribe
Login
0 Comments
Oldest









































