साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ डार्लिङ, सहकारी खोलौँ !

साह्रै कमालको छ यो सहकारी आऊ न ओ बूढी आऊ ! रातो लिपिष्टक र कालो गाजल लाऊ बूढाबूढी दुवै मिली ठाँटसँग जाऔं आजैदेखि हाम्रो तन मन आफ्नै सहकारीमा लाऔँ ।

Nepal Telecom ad

जाऊ डार्लिङ छिटो गर
जापानीज साडी लाऊ
बर्गर अनि पिज्जा खाऊ
सहकारी खोल्ने मिटिङमा
ठाँटसँग आऊ ।

तिमी तिम्रो माइतको थर लेख
म तिम्रो घरको थर लेख्छु
अर्थतन्त्रको एउटा पिलर
आफ्नोतन्त्रको पिच रोड म्याप
जुक्ति बल्ल राम्रो फुयो बूढी
जिन्दगीको नयाँ बाटो खनौं अब
हामी पनि सर र म्याम बनौं अब
आऊ डार्लिङ आऊ
आजै सहकारी खोलौं अब ।

सहकारी खोल्न न चोक चाहियो न बजार
न बैंक ग्यारेन्टी चाहियो न नगद हजारौं हजार
बोर्डिङ स्कुल खोल्दा झैं,
इङ्लीस बोल्ने झ्याउ पनि भएन
नचलेर टाट भइएला कि भन्ने डर पनि रहेन
आफ्नै सहकारी हो, ‘जब’ त्यहाँ गरे पनि
काम अन्तै गर्न पाइन्छ
सत्ताइस हजार सहकारीले
जी.डी.पी. को तीन प्रतिशत बोकेको छ
तेत्तीस प्रतिशत पुर्‍याउन त
देत्तीस लाख वटा चाहिन्छ
त्यसैले डार्लिङ, अब ढिलो गर्दै नगरौं
नगदे बालीको यो तिलश्मी बिऊ आजै छरौं
तिम्रो नाउँमा एउटा खोलौं, मेरो नाउंमा अर्को खोलौं
अनि आफ्नैबाफ्नाहरूको अनुहारले हाम्रो सहकारी भरौँ ।

आफ्नै सहकारी भएपछि
दुई नम्बरी कामले कमाएको धन
विदेशी बैंकमा थन्क्याउने टेन्सन पनि भएन
स्वाइन फ्लू, बर्ड फ्लू, इबोलाले
सखाप पार्ला कि भन्ने डर पनि रहेन
न त जलवायु परिवर्तन र हरितगृह प्रभावको असर
न त पहिरो, बाढी, भूकम्पको नै डर
साँच्ची, डार्लिङ यसलाई के भन्ने ?
व्यवसाय भन्ने कि विजनेस
समाजसेवा भन्ने कि पेशा !
साह्रै कमालको छ यो सहकारी
आऊ न ओ बूढी आऊ !
रातो लिपिष्टक र कालो गाजल लाऊ
बूढाबूढी दुवै मिली ठाँटसँग जाऔं
आजैदेखि हाम्रो तन मन आफ्नै सहकारीमा लाऔँ ।

खाडी गएका तिम्रा भाइहरूलाई फर्काऊ
काम नपाएर रुँदै गरेकी बैनीलाई पनि फकाऊ
अब आफ्नाहरूलाई जागिरको पिर भएन
सम्पत्ति शुद्धीकरण गर्ने झण्झट पनि रहेन
नाममा नाम, दाममा दाम,
दुनियाँका अगाडि बनिने छ समाजसेवी महान्
जाऊ प्रिया जाऊ, कालो गग लाऊ
छ इन्चको सेन्डिलले आफ्ना कोमल पाउ सजाऊ ।

बिना लगानी बिना जोखिम
यसमा नोक्सान हुने कुनै डर हुँदैन
अख्तियार त के त्यसका पिताले पनि हामीलाई छुँदैन
आएको सबै नाफा बाँडीचुंडी आफ्नै पोल्टामा पारौंला
उछार केही मिलेन भने
आफ्नो समेत सहकारीको ठेगाना विदेशतिर सारौंला
जाऊ डार्लिङ जाऊ, सुटीपार्लर जाऊ
अध्यक्षको कुर्सीमा घुम्न सुहाउने
चिटिक्क अनुहार बनाएर आऊ ।

०००
‘नेपाली हास्यव्यङ्ग्य कविता’ २०७५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x