साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तँ खा

इच्छा छन् सुकिला सुयोग्य पनका देखाउने दाँत खा, नेपाली मुटुमा गढेर रहने सन्तानका आँट खा खा, सक्ने ममता निराश जनका इच्छा र आशा तँ खा, गोलीले नसके उठेर मुटुका टुक्रा निमोठी तँ खा ।

Nepal Telecom ad

थोत्रा ती खबटा किनेर जनको हाँसो खुशी नै तँ खा
चोक्टा नै बटुली रहुन् कि अथवा सिङ्गै चबाएर खा
खा खा राष्ट्रियता तँ खा रगतको झोलै बनाएर खा
मान्छे जीवन खा लुटेर सहजै देशै गनाएर खा ।।

पाखा पर्वत खा नदी घटघटी साटेर सक्दो तँ खा
नेपाली ढिकुटी बनाइ सिकुटी चाटेर सक्ने तँ खा
बाँकी आश तँ खा विवेक जनको बेचेर अट्दो तँ खा
सत्ताको खिचडी प्रपञ्च सबले बाँडेर काट्टो तँ खा ।।

देखाई अथवा लुके जति सबै नेपाल बेच्दै तँ खा
रोए झैं रिपु साथमा मिलिजुली सार्दै सिमाना तँ खा
मेची पश्चिम फाँटका मनसँगै विश्वास चोप्दै तँ खा
कालीको अनुहारमा कुपुतको कात्रो चढाएर खा ।।

इच्छा छन् सुकिला सुयोग्य पनका देखाउने दाँत खा
नेपाली मुटुमा गढेर रहने सन्तानका आँट खा
खा सक्ने ममता निराश जनका इच्छा र आशा तँ खा
गोलीले नसके उठेर मुटुका टुक्रा निमोठी तँ खा ।।

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
घरघर जब छोरी रम्दछन् …

घरघर जब छोरी रम्दछन्...

इन्दिरा प्रयास
बुढ्याैली

बुढ्याैली

इन्दिरा प्रयास
वृद्धका जिन्दगानी

वृद्धका जिन्दगानी

इन्दिरा प्रयास
लाज

लाज

इन्दिरा प्रयास
धान दिवस तथा असार पन्ध्र

धान दिवस तथा असार...

इन्दिरा प्रयास
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x