साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओयल योर ओन मेसिन

देश भड़खालोमा गए पनि, भताभुङ्गै भए पनि आखिर तिमीले के गर्नु सक्छौ ? घरभित्रै बस । बाहिर नहेर...आफ्नो भित्र हेर । आफ्नै दुनो सोझ्याऊ । रङ् साइड नहिँड़. ओयल योर ओन मेसिन ।

Nepal Telecom ad

हिजोआज खबरकागत. टिभी च्यानेल वा अनलाइन न्यूज हेर्नु पटक्कै मन लाग्दैन । हत्या, बलात्कार, घाँटीमा पासो, विषपान तथा सौता ल्याएका खबर देख्दा मनै पिरोलिन्छ । यस विषयमा कसैसित चर्चा गर्नु पनि मन नलागेको बेलामा मेरा पिउनले मलाई प्रश्न गरे- म्याडम ! हाम्रो देश साँच्चै भताभुङ्गै भएछ हो’कि’ !

मैले तुरुन्तै जवाब दिएँ – जान्दिनँ ।

उनी बोल्दै गए- होइन म्याडम ! कस्तो अचम्म र उदेक…हिजो राती फुटबल मैदानमा एउटी युवतीलाई साह्रै नराम्रो पाराले हत्या गरेछ ।

रात विरातमा फुटबल मैदानमा गएर आफ्नो काल आफै खोज्नेलाई मेरो भन्नु केही छैन – मेरो जवाब ।

अच्छा म्याडम ! नाता-नातिनीका धनी भइसकेँ म । नोकरी पाकेको बालीजस्तै भइसकेको छ । यो संसारमा घोप्टो-चेप्टो-नेप्टो, ङालाक-ङिलिक परेर गोता लाइसकेको छु । आँ गर्दा अलङ्कार बुझ्छु । कुन धानमा कति चामल छ सो खुट्याउन फरक पर्दैन तर एउटै कुरा बुझ्न सकेको छैन, एकजना युवकलाई ज्यूँदै जलाएर मारेपछि अपहरणको दोष लाइन्छ । बेला-बखत मानिसहरू हराउने (लापत्ता) गर्छन् । त्यसपछि जलिसकेको कङ्काल आफन्तका हातमा सुम्पेर जलाउने आदेश दिइन्छ । जति थाँती रहेको छ कम्पिलिट गरिदिने आदेश ।

मैले भनेँ- त्यो केही पनि होइन… रङ् पोलिटिक्स गर्‍यो भने यस्तै हुन्छ । औरङ्गजेबले आफ्नै भाइको टाउको छिनाएर टेबलमाथि सुनको थालमा सजाएर राखेका थिए भन्ने तिमीलाई थाहा छैन ? आफ्नै बूढ़ा पितालाई साङ्लोले बाँधेर राखेका थिए भन्ने इतिहासमा पढ़ेनौ ? सिंहासन भनेको चाहिँ सिंहको आसन हो । त्यस्तो आसनमा कुकुर बसेर भौं-भौं गर्दा पब्लिक हाँस्नै हुन् । राजत्वको प्रेष्टिज गार्लाम-गुर्लुम हुन्छ । राजनीति भनेको साँप हातमा लिएर खेल्नु हो । हिम्मत, आँट, बल-बुता चाहिन्छ राजनीतिमा ।

कारगिल ?

गोर्खाहरूलाई मास्नु एलाउड छ । मच्छड़्, झिङा मासे जेल हुन्छ ।

म्याडम सानो मुख ठूलो कुरा गरेजस्तै हुन्छ । यो कारगिल, टाइगर हिल, सियाचीन उँभो-उँभोका सिमानाहरूतिर गोर्खा पल्टन छैन भने आतङ्कवादीहरूले तिम्रो मेरो देशलाई सखाप पार्छ भन्छ नि ।

तिमीले ठिकै भन्यौ । आतङ्कवादीसित लड़ाइँ गर्ने बेलामा हाम्राहरूलाई फ्रण्टमा पठाउँछ… हाम्राहरूले आतङ्कवादीहरूलाई सखाप पारेपछि हाम्राहरूलाई फ्रण्टबाट सारेर अर्कै पल्टन लगेर राख्छ । त्यस ठाउँमा नयाँ पल्टनले पो आफ्नो यूनिटको झण्डी फहराएर आफ्नो पल्टन विजय भएको घोषणा गर्छ ।

गर्ने भन्ने हनुमान जस पाउऩे ढेँढ़ु भनेको यही हो म्याडम ।

यूज एण्ड थ्रो भन भाइ यूज एण्ड थ्रो भन ।

म ता त्यस्तो अङ्ग्रेजी बुझ्दिनँ म्याडम । खायो भाँड़ो अफाल तेरो ठाँड़ो भन्दा कसो होला म्याडम ? हाम्रो समात्ने हाँगा र टेक्ने ठाउँ नभएर पनि होला सर हामीलाई सानीमाकै व्यवहार गरेको होला ।

भयो यस्तो कुरा नगर । य़स्तो कुरा गर्‍यो कि मेरो रगत उम्लिएर आउँछ । सालाहरूलाई खुकुरीले छप्काउनु मन लाग्छ ।

तपाईलाई नै मार्‍यो भने नि म्याडम !

मलाई मार्नु सक्दैन । म ट्राफिक मानेर जीवनको गोरेटोमा हिँड़्छु । रङ् साइडै नहिँड़ेपछि इन्द्रेका बाबु चन्द्रे आए पनि केही नाप्नु सक्दैनन् । मलाई कुनै सम्पर्क छैन । म मेरो मात्रै बुझ्छु । यस बाहिर केही बुझ्ने खाँचो छैन मलाई ।

यस्तो पाराले कसरी हुन्छ म्याडम ?

तिमीलाई के को खसखस ? आफैलाई लिएर, आफ्नै सोंचेर बस्नु सिक ।

म्याडम त्यसो भए देश भड्खालोमा जाओस् ?

देश भड़खालोमा गए पनि, भताभुङ्गै भए पनि आखिर तिमीले के गर्नु सक्छौ ? घरभित्रै बस । बाहिर नहेर…आफ्नो भित्र हेर । आफ्नै दुनो सोझ्याऊ । रङ् साइड नहिँड़. ओयल योर ओन मेसिन ।

०००
सिलीगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तर्सिङहोम (४)

तर्सिङहोम (४)

कृष्ण प्रधान
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
झण्डी

झण्डी

कृष्ण प्रधान
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x