साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कसरी दिउँ श्रद्धाञ्जली ?

व्यापारीले धानको मोल नदिएर मार्छ कारखानाले उखु उधारो लिएर मार्छ गरिबीले नदीमा हाम फाल्न लगाएर मार्छ । समाजले झुण्डिन लगाएर मार्छ सरकारले हस्ताक्षर गराएर मार्छ ।

Nepal Telecom ad

कसरी दिउ श्रद्धाञ्जली
कसरी भनौ समवेदना
श्रद्धाञ्जली लेख्न श्रद्धा हुनुपर्छ
समवेदना भन्न समान वेदना हुनुपर्छ ।

यहाँ बाँचेको त को छ र ?
मर्नेहरू लामबद्ध छन्
स्वदेशमा छन्
विदेशमा छन्
आकाशमा मर्छन्
धर्तिमा मर्छन्
गाडीका चक्का चिप्लिएर मर्छन्
जहाजका पखेटा खुस्किएर मर्छन् ।

बलात्कृत भएर मर्छन्
बलात्कारको आरोपमा मर्छन्
अस्पताल नभएर मर्छन्
ओखती नपाएर मर्छन्
स्वास्थ्य शुल्क तिर्न नसकेर मर्छन्
दुर्घटनामा फ्याट्ट मर्छन्
न्यायमा गिजोली गिजोली तीन पुस्ता मर्छन्
बाजे, छोरा र नातिहरू मर्छन् ।

अन्यायमा मर्ने त कति कति ?
बिचौलीयाले भाग्य देखाएर मार्छ
दलालले भाग्य लेखाएर मार्छ
बैंकले ब्याज लगाएर मार्छ
सहकारीले पैसा भगाएर मार्छ
लघुवित्तले जग्गामा कब्जा जमाएर मार्छ ।

पानी नपाएर मर्छन्
मल नल्याएर मर्छन्
बिऊ नभएर मर्छन्
औजार नबनाएर मर्छन् ।

व्यापारीले धानको मोल नदिएर मार्छ
कारखानाले उखु उधारो लिएर मार्छ
गरिबीले नदीमा हाम फाल्न लगाएर मार्छ
समाजले झुण्डिन लगाएर मार्छ
सरकारले हस्ताक्षर गराएर मार्छ ।
भावपूर्ण श्रद्धाञ्जली मृत्यु वरण गर्नेहरूलाई
समवेदना शोकमा छट्पटाएका आफन्तहरूलाई ।

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आदि, इत्यादि र लगायत

आदि, इत्यादि र लगायत

शिवप्रसाद जैशी
आफ्नै मलामी जाँदा

आफ्नै मलामी जाँदा

शिवप्रसाद जैशी
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x