साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यति एयर दुर्घटनाः सुसेली लयमा

व्यर्थै ज्यान गो के नै गल्ती थियो र यी निर्दोषको । वाक्य नै छैन दिवंगत आत्मामा श्रद्धासुमन ।

Nepal Telecom ad

आँसु झारेर
लेख्छु मुटु भित्र नै
गाँठो पारेर ।

माघे संक्रान्ति
चलाउने दिन यो
धर्म संस्कृति ।

दैवको लिला
केही थाहा नहुने
भरे के होला ।

काठमाडौंमा
ठण्डी धेरै चम्कियो
जाने पोखरा ।

यात्रु बोकेर
उड्यो यती जहाज
जान पोखरा ।

कर्मचारी हुन्
दुईजना चालक
जम्मा चार छन् ।

यात्रु जनमा
अठसठ्ठी जनाको
खुसी मनमा ।

पुग्यो पोखरा
सफा थियो आकाश
लायो रे फन्का ।

अवतरण
गर्न खोजे सकेनन्
सेती शरण ।

दुर्घटना भो
ज्यान गयो अकाल
बहत्तरको ।

मनकामना
किन तिमी बुझ्दिनौं
जन भावना ।

व्यर्थै ज्यान गो
के नै गल्ती थियो र
यी निर्दोषको ।

वाक्य नै छैन
दिवंगत आत्मामा
श्रद्धासुमन ।

अनुभवी थे
बस्ती सबै जोगाए
पाइलटले ।

नमानी भय
आफ्नै ज्यान गुमाए
बस्ती जोगाए ।

गयो पराण
बुझ्न अझै बाँकी छ
के हो कारण ।

०००
कपन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुसेलीमा भानु सम्झना

सुसेलीमा भानु सम्झना

दुर्गा भमरकोटे
सुसेलीमा दसैँ

सुसेलीमा दसैँ

दुर्गा भमरकोटे
आफ्नै कथा: सुसेलीमा

आफ्नै कथा: सुसेलीमा

दुर्गा भमरकोटे
बाङ्गा तीज सुसेली

बाङ्गा तीज सुसेली

दुर्गा भमरकोटे
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x