साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कौसीमा बाँदर

बिगौती मिल्छ कि भन्दै गाेरु ब्याएर तैपनि मुख मिठ्याउँदै खोज्छ नयाँ केन्द्र अझैपनि विचरो भन्न छोडेर खुच्यूँ भन्छन् जता पनि “चुरीफुरी निकै गर्थिस् खाइस् आलु, मुले” भनी ।

Nepal Telecom ad

यो छोटो आयुको बच्चो देखाएर चुरीफुरी
खैरो जामा लगाएर चड्यो शासनको धुरी
चपायो बालुवा गिट्टी मकैभट्मास झैं गरी
सन्कियो माथि छानामै नसा उन्मदको चडी

लागू औषधका बोरा सुनका टेल नौथरी
आउँदैछन भनी सुन्दा मुख मिठ्याइ दिन्भरी
बस्दाबस्दै पर्‍यो साँझ आयो खवर मन रुने
खिच्दा मदारीले डोरी गम्रङ्गै टाँगको मुनि

फ्रान्को, मुसोलिनी,जार लूई सीजर बाबर
बन्ने धक्कू लडाएर चड्दै पर्खाल तारमा
उफ्रिँदै बालुवाटार फड्किँदै बाल कोटमा
पुग्छ मुर्मुरिँदै आफ्नै सत्तास्खलन चोटमा

फैसला न्यायकर्मीका सुन्नै सक्तैन कानले
सञ्चार क्षेत्र नै बैरी देख्छ त्यो अभिमानले
बाघै हुँ भन्दथ्यो पैले, ऐले बेपङ्खको चरा
आफैं बिस्कुन भै पर्छ लम्पसार कठैवरा

बिगौती मिल्छ कि भन्दै गाेरु ब्याएर तैपनि
मुख मिठ्याउँदै खोज्छ नयाँ केन्द्र अझैपनि
विचरो भन्न छोडेर खुच्यूँ भन्छन् जता पनि
“चुरीफुरी निकै गर्थिस् खाइस् आलु, मुले” भनी ।

०००
वानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कल्पबासको झकास

कल्पबासको झकास

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x