साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल सरकारको बस

ठेलमेल गर्छन् तथानाम बोल्छन् तेल चोर्न खोज्छन् ड्राइभर फेर्न खोज्छन् कोही यता घुमाउनु भन्छन् कोही उता घुमाउनु भन्छन् भोक लाग्यो खाजा ले भन्छन् बिहानको हैन ताजा ले भन्छन् ।

Nepal Telecom ad

नेपाल सरकारको बसमा
कोही तानिएका छन्
कोही छानिएका छन्
कोही तारिएका छन्
कोही झानिएका छन्
सबै एक से एक छन्

ताछेर सुन्तला ठानी
क्वाप्प मुखमा हाल्छन्
केराको गुदी निल्छन्
बोक्रामा अरुलाई चिप्ल्याउँछन्
बार्दलीमा घाम ताप्छन्
गर्मी लागे शीतल पार्छन्

बाटोको मादल झैँ
बसको हर्न बजाउँछन्
आआफ्नै तालमा रमाउँछन्
कोही धकेल्छन्,कोही तान्छन्
कोही रिसाइ ओर्लेर जान्छन्
नेपाल सरकारको बसमा
कोही सिट फेर्न खोज्छन्
कोही रङ्ग दल्न खोज्छन्
काउसो छर्छन्
खोर्सानीको धुलो हान्छन्
कस्ता कस्ता यात्रु चढ्छन् ?

कोही निदाउँछन्, घुर्छन्
ठेलमेल गर्छन् तथानाम बोल्छन्
तेल चोर्न खोज्छन्
ड्राइभर फेर्न खोज्छन्
कोही यता घुमाउनु भन्छन्
कोही उता घुमाउनु भन्छन्
भोक लाग्यो खाजा ले भन्छन्
बिहानको हैन ताजा ले भन्छन्
टिकट माग्छन् उधारो भन्छन्
नेपाल सरकारको बसमा
कस्ता मान्छे चढ्छन् ?

०००
ओखलढुङ्गा
सम्पर्क : ९८४३०५४१६१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
बजार कसकाे ?

बजार कसकाे ?

भोलानाथ सुबेदी
आधाले बाधा

आधाले बाधा

भोलानाथ सुबेदी
मुला

मुला

भोलानाथ सुबेदी
बैठक

बैठक

भोलानाथ सुबेदी
लामखुट्टे लगार्न आउ

लामखुट्टे लगार्न आउ

भोलानाथ सुबेदी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x