साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिल्नु चिल्नु रे राजनीतिमा !

जाँड खान्छ जो भाँड गर्दछ साँढ बन्छ त्यै डाड गर्दछ भाग्य सम्झिंदै ढुक्क पर्छ ऊ झर्छ पोखिँदै सुँक्क गर्छ ऊ । डुङ्डुगाउने गन्ध साफ होस् ! क्षुद्र क्षुद्रता नाश नाश होस् ! स्वार्थ देशको स्रोत खोज रे ! व्यर्थ गर्तको चोट तोड रे !

Nepal Telecom ad

सुक्सुकाउँदा ओज उज्ज्वल
निख्खरा जुनी लाग्छ कोमल
कुल्कुलाउँदा झर्झराउँदा
देख्छु फूल झैँ मुस्कुराउँदा ।१।

राति हिँड्दथे आँत सुक्तथ्यो
लुक्तथे सधैँ गोप्य गुप्त थे
आज हाकिमी ताल तोकको
भोट नोटको बोट बोट त्यो ।२।

चम्किने मुखै टक्क टल्किने
जालझेलमा नित्य लम्किने
गर्छ को सधैँ शत्रु साधना ?
मिल्नु चिल्नु रे राजनीतिमा! ।३।

ख्याल खेल झैँ ढक्क मिल्दछ
हुस्सु हुन्छ जो छक्क पर्दछ
बुद्धि बुद्धको पाइँदैन त्यो
बुद्धु गुन्द्रुके चाहिंदैन त्यो ।४।

सत्य हुन्छ के ढाँट तुच्छको ?
रीस रागले छुट्छ मित्र त्यो
मेल बिर्सिने खेल सम्झिने
शून्य शून्यता शक्ति जीणर् त्यो ।५।

जाँड खान्छ जो भाँड गर्दछ
साँढ बन्छ त्यै डाड गर्दछ
भाग्य सम्झिंदै ढुक्क पर्छ ऊ
झर्छ पोखिँदै सुँक्क गर्छ ऊ ।६।

डुङ्डुगाउने गन्ध साफ होस् !
क्षुद्र क्षुद्रता नाश नाश होस् !
स्वार्थ देशको स्रोत खोज रे !
व्यर्थ गर्तको चोट तोड रे ! ।७।

०००
मादी नपा-६, सङ्खुवासभा
हालः लोकन्थली, भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x