साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकार ! म पनि मन्त्री बन्छु

आठ/दश भाषाको ज्ञान छ, जसले जताबाट हेर्नोस्, सबैलाई आफ्नै दलको भन्ने भान छ । सरकार यसपाली जसरी भए पनि म मन्त्री बन्छु नबनाउने भए पनि ‘नोट’ गर सरकार म जसरी पनि मन्त्री बन्छु ।

Nepal Telecom ad

मनमा लाको कुरा किन लुकाउनु ?
धक फुकाएर भन्छु ।
एकदिनलाई पुग्दैन भने
एक घण्टालाई भए पनि हुन्छु
जसरी हुन्छ उसरी दिए हुन्छ
सुन त सरकार !
म पनि मन्त्री बन्छु ।

मन्त्री बन्नलाई,
सबै योग्यतामा अब्बल छु ।
दुई महिना पूरापूर
एउटै दलको झोला बोक्न सक्छु ।
मन्त्री बनाउँछु भन्ने दल पाएँ भने
एकैदिनमा दुईटासम्म दलमा प्रवेश गर्छु ।
बुर्जवा शिक्षाको सर्टिर्फिकेट नभएर
के भो र सरकार ?
दुई नम्बरी काम गर्नलाई
एक नम्बरी सर्टिफिकेट छ ।
मुढेबलको कुरा गर्दा
दुई चार वटा दलकै सुन्डमुन्डलाई समेत
एकैपटक हान्न सक्छु ।
ढुक्क भए हुन्छ परेको बेला
अर्को दललाई अनि
आफ्नै दललाई अन्तर्घात गर्न सक्छु ।
भन्नु न सरकार
के म मन्त्री बन्न सक्छु ?

खोट भन्ने कुरा केही छैन मसँग
एक पटक मन्त्री बन्ने अवसर पाएँ भने
देश त चलिराछ,
विदेशलाई समेत चलाउँछु ।
देशको विकास भन्ने कुरो त गलिराछ
दलको सिद्धान्त र निष्ठा पनि गलाउँछु ।
भन न सरकार भन,
मलाई मन्त्री बनाउँछु ।

दलको मात्र होइन,
दुईचार वटा मान्छे बेच्ने अफिसको लाइसेन्स छ ।
कोदो रोप्दारोप्दै नेपालमै जन्मिएको हुँ म ।
अहिले त दर्जन भन्दा बढी देशको नागरिकता छ ।
चाकडी र चाप्लुसीको आदर सत्कार गर्नलाई ।
आठ/दश भाषाको ज्ञान छ,
जसले जताबाट हेर्नोस्,
सबैलाई आफ्नै दलको भन्ने भान छ ।
सरकार यसपाली जसरी भए पनि
म मन्त्री बन्छु
नबनाउने भए पनि ‘नोट’ गर सरकार
म जसरी पनि मन्त्री बन्छु ।
कसरी भनेर फेरि नसोध मलाई
म जसरी मिल्छ त्यसरी नै मन्त्री बन्छु ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x