साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष : बजोस् आतङ्कको धुन

दामासाही गरी बाँढून् देशको ढुकुटी सब, भरौटेहरूमा जाओस् देशको सब वैभव, हिजो भन्दा अझै धेर बजोस् आतङ्कको धुन ,नयाँवर्ष तिमी मेरो प्रार्थना अब यो सुन ।

Nepal Telecom ad

देशमा दाजु वा भाइ-
भतिजावाद फैलियोस्
यहाँ आतङ्कको राज
चम्कियोस् र नमैलियोस्

बनून् झन् सुकिला राम्रा
हिजोझैँ भोलिका दिन
बनमारा बढेजस्तो
बढ्दै जाओस् अलच्छिन

बेरुजुको बढोस् चाङ
घुसखोरहरू बढून्
राष्ट्रसेवकले नित्य
ठग विद्या अझै पढून्

दामासाही गरी बाँढून्
देशको ढुकुटी सब
भरौटेहरूमा जाओस्
देशको सब वैभव

हिजो भन्दा अझै धेर
बजोस् आतङ्कको धुन
नयाँवर्ष तिमी मेरो
प्रार्थना अब यो सुन ॥

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x