साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाँटी राष्ट्रिय तस्कर

छाडा साँढे चरे जस्तै चर्न पाउँ सधैभरी छानीछानी मनोमानी गर्न पाउँ सधैंभरी । यस्तो मौका जता मिल्छ उतै लागिन्छ लस्कर, हामी सानातिना छैनौँ खाँटी राष्ट्रिय तस्कर ।

Nepal Telecom ad

अनर्थ अर्थ लाएर हामी तस्करको बल
घटाउने कुरा गर्दा पछारिन्छन् तिनै तल ।१।

सदैव योजनावद्ध काम गर्छौ गराउँछौँ
खोजीखोजी नयाँ जुक्ति राम्रै दाम फलाउँछौं ।२।

अमूल्य वस्तुको खेलो गर्दै भण्डार भर्दछौं
सधै कानुनका सामु सच्चा साधु ठहर्दछौं ।३।

शिक्षाको जगमा हाम्रा गर्दछन् हात सल्बल
शिक्षा ठेक्का लिने दाबी गर्छ तस्करको दल ।४।

स्वास्थ तर्फ अझै राम्रो गर्न सकिन्छ आर्जन
नक्कली भन्न मिल्दैन हाम्रै छन् कति सर्जन ।५।

हामीविना कुनै क्षेत्र चल्ने कुरा असम्भव
कुम्लो बोकी कतै जान पाउँदा लाग्छ गौरव ।६।

लुतो जस्तै कुनाकाप्चा सक्छौं अवश्य फैलिन
कालो काम गरी हामी सक्छौँ सेताम्य देखिन ।७।

यौटा फ्रुटी पिलाएर मृगौला लिन भ्याउँछौँ
सोही अङ्ग बिकाएर सत्रलाख कमाउँछौँ ।८।

सरकार परे सक्छौं गाँस्न तथा चुडाउन
जा विदेश युवा भन्छौं घडेरी हात लाउन ।९।

हामी अस्थिरता भेटे मान्छौं साह्रै रमाइलो
शान्ति हाम्रो भयो बैरी मास्नु पर्छ जरोकिलो ।१०।

चाँदीको सुनको बोरा आफैं भन्सार तर्दछ
कसरी भूमिका हाम्रो कमजोर ठहर्दछ ।११।

छाडा साँढे चरे जस्तै चर्न पाउँ सधैभरी
छानीछानी मनोमानी गर्न पाउँ सधैंभरी ।१२।

यस्तो मौका जता मिल्छ उतै लागिन्छ लस्कर
हामी सानातिना छैनौँ खाँटी राष्ट्रिय तस्कर ।१३)

०००
मोलुङ- ५ ओखलढुङ्गा
हाल- चाँगुनारायण, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x