साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता ! ए-कता ?

गरौं राम्रो धन्दा विकसित हुने कर्म गतिलो भनी केही भन्दा कलुषित हुने भाव भरिलो । भए सारा साझा प्रतिनिधि नयाँ भिन्न कसरी ? सबै मिल्छन् खाने बखतबिचमा एक जसरी ।

Nepal Telecom ad

कुनै त्यस्तो जोडी ढुकुर सरिको दम्पति नयाँ
हुने आत्मा यौटै रहर सुकिलो सम्पति नयाँ ।
गए छोडी हाम्रा युवक युवती व्याकुल बनी
भए हाम्रा चाम्रा प्रतिनिधि सबै केवल धनी ।

हुनेखाने नेता, सहरतिर विस्थापित भए
भएखाने सोझा, जन कहरमा चिन्तित भए ।
कतै छैनन् हाम्रा सबल गतिका उन्नति छुने
कुनै छैनन् नेता असल मतिका कल्मष धुने ।

कता होलान् सेता प्रगति-पथका उज्ज्जल दिशा
भए काला, राता प्रगति-रथका चञ्चल निशा ।
भयो पाल्नै पर्ने नगर मुखिया गाउँ-घरले
भयो फाल्नै पर्ने जहर सरिको साहु करले ।

गरौं राम्रो धन्दा विकसित हुने कर्म गतिलो
भनी केही भन्दा कलुषित हुने भाव भरिलो ।
भए सारा साझा प्रतिनिधि नयाँ भिन्न कसरी ?
सबै मिल्छन् खाने बखतबिचमा एक जसरी ।

जुटेका छौं हामी प्रतिदिन कला-काव्यमतमा
बगेका छौं हामी प्रचलित परिष्कार पथमा ।
चलाई चल्तीका विविध सुरिला छन्द-सरिता
बनून् त्यस्तै नेता मुलुक हितमा बन्द-कविता ।

०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x