बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

नेता ! ए-कता ?

गरौं राम्रो धन्दा विकसित हुने कर्म गतिलो भनी केही भन्दा कलुषित हुने भाव भरिलो । भए सारा साझा प्रतिनिधि नयाँ भिन्न कसरी ? सबै मिल्छन् खाने बखतबिचमा एक जसरी ।

Nepal Telecom ad

कुनै त्यस्तो जोडी ढुकुर सरिको दम्पति नयाँ
हुने आत्मा यौटै रहर सुकिलो सम्पति नयाँ ।
गए छोडी हाम्रा युवक युवती व्याकुल बनी
भए हाम्रा चाम्रा प्रतिनिधि सबै केवल धनी ।

हुनेखाने नेता, सहरतिर विस्थापित भए
भएखाने सोझा, जन कहरमा चिन्तित भए ।
कतै छैनन् हाम्रा सबल गतिका उन्नति छुने
कुनै छैनन् नेता असल मतिका कल्मष धुने ।

कता होलान् सेता प्रगति-पथका उज्ज्जल दिशा
भए काला, राता प्रगति-रथका चञ्चल निशा ।
भयो पाल्नै पर्ने नगर मुखिया गाउँ-घरले
भयो फाल्नै पर्ने जहर सरिको साहु करले ।

गरौं राम्रो धन्दा विकसित हुने कर्म गतिलो
भनी केही भन्दा कलुषित हुने भाव भरिलो ।
भए सारा साझा प्रतिनिधि नयाँ भिन्न कसरी ?
सबै मिल्छन् खाने बखतबिचमा एक जसरी ।

जुटेका छौं हामी प्रतिदिन कला-काव्यमतमा
बगेका छौं हामी प्रचलित परिष्कार पथमा ।
चलाई चल्तीका विविध सुरिला छन्द-सरिता
बनून् त्यस्तै नेता मुलुक हितमा बन्द-कविता ।

०००
नागार्जुन-१, रानीवन, काठमाडौं
९८४१४९१०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाज आफैँ लजायो

लाज आफैँ लजायो

डा. बमबहादुर जिताली
सास्ती र मस्तीको मेलो

सास्ती र मस्तीको मेलो

डा. बमबहादुर जिताली
हाल-चाल

हाल-चाल

डा. बमबहादुर जिताली
भानु अर्चना

भानु अर्चना

डा. बमबहादुर जिताली
तार्ने भए गाँठे जतासुकै आँसु…

तार्ने भए गाँठे जतासुकै...

डा. बमबहादुर जिताली
रतेलीको रौनक

रतेलीको रौनक

डा. बमबहादुर जिताली
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी