साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चमत्कार, चमत्कार, चमत्कार, नेपालमा !

फर्केर आउँदा तिमीहरू गायब । आएछौं नेपाल । म आउन भ्याएन । नारदबाट त्यो काम नहुने । हेर भाग्यमानीहरू हो, तिमीहरूको टाउकोभित्र गिदी राख्नै भ्याएको थिइन, कसरी यत्रो देश हाँकेका छौ ?

Nepal Telecom ad

सभामुखजीलाई सपनामा आएर पशुपतिनाथले एउटा कल्पनातीत कायाकैरन सुनाउनुभयो । ऋषिमन भएका भारतीय हास्यव्यङ्गय कविहरूको कच्चा पदार्थको स्थायी स्रोत गुजराती बाबु, चायवाला, तपस्वी गोदी मिडियाका मसिहा नाकाबन्दी सम्राट मोदीजीले सम्बोधन गरेझैं हाम्रो सदनलाई सम्बोधन गर्न स्वयं विधाता, स्वयं सृष्टिकर्ता, ब्राह्माण्डकै पिता प्रजापति पितामह, चार शिर सहित सवारी हुने अरे । यो कुरा प्रधानमन्त्री समक्ष पुग्यो । महाआस्तिक महिषपूजक अति धार्मिक प्रधानमन्त्रीज्यूले सपनाको कुरा भए पनि नपत्याउने कुरै भएन ।

बालकोट गएर रामभक्त उत्तरआधुनिक बजरङ्गबली उखाननारायण ओलीजीलाई कान फुकियो । बार्दली बैठकले अनुमोदन गर्‍यो । वन विभागमा गएर ज्योतिष विदामा भरोसा गर्ने शेरानन्द प्रष्टवक्तालाई पनि सुनाइयो । राष्ट्रिय सहमति कायम भयो । बुद्ध जयन्तीका दिन लंकेशकोभन्दा ६०% कम माथ भएका विश्वनाथ, विधाता आउने कुरा पक्का भयो । तैयारीमा व्यस्त भयो सरकार, प्रचण्ड जाँगर लगाएर कार्य सम्पादन भयो । विना लक्ष्मीका नारायणले काजीहरूलाई खटाए । गोर्खाली वीरहरू कस्सिए । बालेनले केही गर्नै परेन । एक हप्तामा झिंगापुर जस्तो राजधानी सिंगापुर नै बन्यो । “फिमेलबर्न” जस्तो शहर “मेलबर्न” हुनपुग्यो । किड्नी फेल भएको मान्छे जस्तो सिटी, सिड्नी जस्तै ठिटी भयो । नारायणहिटिमा पनि सफाइ आन्दोलन चलाइयो । बाटाघाटाहरू एक महिनामा हेमामालिनी र मधुबाला दिदीहरूको गालाजस्ता भए ।

यस्तो लाग्यो, देशलाई बल्ल गणतन्त्र फाप्यो । परिवर्तनले आफ्नो प्रगति नाप्यो । एन.आर.एन.एले पनि होटल “अलकापुरी कान्तिपुरी मावली” “अकामा” मा शानदार स्वागतको कार्यक्रम राख्यो । स्वागत गजल गाउन चितवन सौराहाबाट “प्रोफेसर स्वदेशनारायण विदेशी गजलोपाध्याय पदमपुरे” आउने कुरा पक्का भयो । गुगलमा थाहा नभएका कुराहरू जुगलले पत्ता लगाए । शेष काममा लागि घलेहरू आए । वाजी महतो भएर अनर्थ नहुनेगरी अर्थ संकलन गरियो । आखिर त्यो दिन आयो । “कमल बिहान” मा चढेर ब्रह्माजीको सवारी भयो । महादेव र बिष्णु पायलट, एकपटकको प्रचण्डजी र ओलीजी जस्तै । साथमा २७५ उर्वशीहरू, अति सुन्दर, दीपकराज गिरीले “छक्कापञ्जा सात” का लागि तीनवटीलाई “साइन” गराए, “वाइन” पिलाएर ।

उपकुलपति इन्द्रले अनु्मति दिए, उनले भने रसियन भोड्का पिए । संसद भवन आज खचाखच । सम्पूणर् पूर्व प्रधानमन्त्रीहरू, प्रधान न्याधिशहरू, सेनापतिहरू, आई जी पीहरू । राष्ट्रपति, तीन थान । ठीक ३ बजेर ३६ मिनेटमा ब्रह्माजीको सम्बोधन हुने समाचार आयो । “३६” नै किन ? शेषनाथ अधिकारीलाई सोधियो । “३६” मा शुरु भएर “७४” मिनेट बोल्नुहुन्छ हाम्रा विधाता, अनल, अर्थात् १००८ पुरस्कारहरूद्वारा विभुषित “अग्निनारायण” धरामा नजन्मिएका उत्तर आधुनिक कणर्का मितज्यू, मधुवन निवासी, लोहपुरुष, नवराज विश्वकर्माले समाचार दिए । मदनपुरे श्रीकृष्ण धरावासीले यो समाचार पुष्टि गरे । लीला शुरु भयो । “आजको अभूतपूर्व बैठकलाई हाम्रा विधाता परमआदरणीय, कमलपुरे प्रजापति ब्रह्माजीबाट सम्बोधन हुनेछ । यो गौरवमय घडीमा “७४” मिनेट ध्यान दिएर सुन्न हुन म सम्पूणर् माननीयहरू लगायत मान्यवरहरूलाई सविनय अनुरोध गर्दछु । “सभामुखले मुख खोले, यति बोले । पुष्पबृष्टि भयो । स्वागत गान भयो । भित्तामा भएको घडीमा “३ः३६” भयो ।

“मेरा प्यारा प्यारा सन्तानहरू तीनैलोकमा भएका सजीवहरूमा सर्वोत्कृष्ण जीव मान्छे, मनुज, मनुष्य, मानिस, प्राणी एक, नाम अनेक । मलाई आज अति नै खुशी लागेको छ । नेपाल, यो हिमवत खण्ड, यो पावनभूमि, यो पाशुपत क्षेत्रमा आउने रहर सत्य युगदेखि नै हो । कुनै पात्र, यसै देशको, सामाजिक संजालमा अति व्यस्त भएझैं म पनि सृष्टि व्यवस्थापनमा अति व्यस्त रहें । त्यसमाथि तपस्या गरेर वरदान माग्नेहरूको भीड, यता राहदानी, एम आर पी बनाउनेको भीडजस्तै । तमाम व्यस्ततालाई चिरेर, महादेवको कमण्डलु भिरेर बल्ल यता आउन पाइयो । साइत जुर्‍यो । म नेपाललाई विशेष माया गर्छु, चितवनले गैंडालाई, पोखराले फेवालाई, जन्डिसेले मेवालाई मायम गरेजस्तै । उता ब्रह्माजी बोल्दैरहे, यता पत्रकारहरूको बीचमा खासखुस शुरु भयो । “सक्कली ब्रह्माजी हो कि, नक्कली हुन् ?

उही अचेलका आध्यामिक प्रवाचकहरू जस्तै, दुनियाँलाई उल्लू बनाउने, अहिलेसम्म एउटा पनि गतिलो कुरा सुन्न पाइएन । बरु यतिखेरका गृहमन्त्रीले तरङ्ग ल्याए । आज मन भरङ्ग होलाजस्तो लाग्छ । “धमलाको हमला” बोलिन् कमला, “ए मिस्टर, आई एम योर सिस्टर, ध्यान दिएर सुन्ने, चुरो कुरो आउनै छ । पत्रुकार !” उता पितामह, “नेपालीहरूले हिन्दू धर्म मार्फत् हाम्रो अस्तित्व स्वीकारे, खुशी लाग्यो । नत्र भने आजाद गजलकारहरूले बहरवालाहरूलाई टिक्न नदिएजस्तै म्लेच्छहरू हामीलाइृ मान्दैनन् । उनीहरूले नमानेको देखेर हामीलाई पनि आत्महत्या गर्न मन लाग्छ । त्यसो त म पनि एक पटक भ्रष्टचारमा काटिएकै हुँ । आफ्नै पुत्र, पुत्र के कुपुत्र कामदेवको एम्बुस म बूढो पनि परें । धन्न मेरो पुनर्जन्म भयो । अँ त, म भन्दै थिएँ, मलाई नेपालीहरू मनपर्छ । यति राम्रा मान्छेहरू अरु देशमा छैनन् । तर एउटा कुराले मलाई पनि ११० डिग्रीको कोरोना ज्वरो आयो । एउटा नचिताएको चमत्कार भयो यो देवभूमिमा, अन्त कतै पनि भएको थिएन । मेरा सन्तानहरू, तिमीहरूको अद्भूत क्षमताको जति तारिफ गरे पनि कम हुन्छ ।”

“त्यस्तो के होला विधाता बा ? सभामुख बोले । उज्यालो अनुहार बनाएका नेताहरू, हाकिमहरू, मान्यजनहरू जिज्ञासु भएर एकपटक विधातालाई हेरिरहे । प्रभु, “भयो के भने, मैले, तिमीहरू सबैलाई बनाएर एउटा सानो काम गर्न बाँकी थियो, अचानक सुबिधालय जानुपर्‍यो, अघिल्लो राति प्रशान्त महासागर नै पिएको थिएँ, सोमरसको । गएँ म विशेष कक्षमा । फर्केर आउँदा तिमीहरू गायब । आएछौं नेपाल । म आउन भ्याएन । नारदबाट त्यो काम नहुने । हेर भाग्यमानीहरू हो, तिमीहरूको टाउकोभित्र गिदी राख्नै भ्याएको थिइन, कसरी यत्रो देश हाँकेका छौ ? यही पत्ता लगाउन आएको हुँ ।” सबैले टाउको निहुर्‍याए ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x