साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टो सोच

यसरी किन सोच्नुहुन्छ । हाम्रा छोराछोरीहरू मात्र प्रथम हुनुपर्छ भन्ने छ र ? जनताको छोराछोरीले पनि प्रगति गर्न हुन्न र ? हामीभन्दा अरु धनी हुन हुन्न र ? उल्टो नसोच्ने दाजी, जे हुन्छ राम्रो हुन्छ ।

Nepal Telecom ad

धनराज गिरी :

‘मेरो सन्तान अब्बल होस् !’ हरेक मातापिताको सपना हुन्छ । ‘आफ्नै गूटको सर्जक पदमपुरे दौड वा मदनपुरे दौडमा प्रथम होस् !’ हरेक समर्थकको सपना हुन्छ । यो मानवीय स्वभाव हो । ‘राम्रो म’ सबैको मनमा, स्वकेन्द्रित हरेक मान्छे हुन्छ । यस्तै यस्तै अनेक तानाहरू आए प्रोफेसर जगमोहन आजादको जुम्ल्याहा प्रोफेसर रामनारायण विवेकोपाध्यायको मनमा र उसको मनमा एउटा विशेष घटना सम्झनामा आयो, लगभग तीस वर्षअघिको, कथा यस्तो छ :

एक कक्षादेखि नौ कक्षासम्म प्रथम भएकी प्रोफेसरकी सुपुत्री ‘कुमारी अपराजिता’ नौ कक्षाको परीक्षामा द्वितीय हुन पुगिन् । ‘छोरी, यो प्रथम, द्वितीय, अरु र्‍याङ्क केही पनि होइन, यसलाई सामान्य रूपमा लिने, जीवनमा आफूलाई कसैसित पनि तुलना नगर्ने, आफ्नो प्रतिस्पर्धा आफैँसित । हिजोको तिमीभन्दा आजको तिमी अझ बढी अब्बल हुनुपर्छ । परीक्षाको अङ्क केही हो, सबै होइन । हाम्रो जीवनको लक्ष्य अर्कै छ- ‘सत्यम् शिवम् सुन्दरम् ! चिन्ता लिने होइन नि !’ सम्झायो छोरीलाई । ‘बा, हजुरको दीक्षाले मलाई स्थितप्रज्ञ बनाएको छ । म विचलित छैन ! पीर नमान्नुहोला । गीता पढेकी सीताकी अवतार हो, पहिलो ।’

तर, उतातिर, अर्को कथा, ‘सर, मेरो छोरो रवि र हजुरकी छोरीमाथि अन्याय भयो । आजसम्म प्रथम हो मेरो छोरो पनि, यो स्कूलमा धाँधली उहिलेदेखि हुन्थ्यो । बाहिरबाट आएको भनेर आठ कक्षामा एउटा अति मेधावी सन्झोटे केटोलाई दोस्रो बनाइयो, १४ वर्षअघि । अन्याय भो सर ! हजुरलाई रीस गर्नेहरूले हजुरको छोरीमाथि अन्याय गरे, मलाई पनि तीन चार सरहरूले मन नपराएको कुरा थाहा छ । कापी हेर्ने सर ! हजुरको साथ पाए हामीले पूणर् न्याय पाउने पक्का ! रविले भात नखाएको तीन दिन भयो ।’

श्याम पाण्डे, अलि अकडा दाजी । मुस्कुरायो प्रोफेसर, अवलोकन गर्‍यो अनुहार । सम्झायो, ‘दाजी, किन उल्टो सोच ? यसरी किन सोच्नुहुन्छ । हाम्रा छोराछोरीहरू मात्र प्रथम हुनुपर्छ भन्ने छ र ? जनताको छोराछोरीले पनि प्रगति गर्न हुन्न र ? हामीभन्दा अरु धनी हुन हुन्न र ? उल्टो नसोच्ने दाजी, जे हुन्छ राम्रो हुन्छ । रविलाई म सम्झाउने छु ।’ ‘सर, हजुर एक महान् आत्मा हाे। यस्तो गुरु यो स्कूलले अब अर्को पाउन्न । म कति मूर्ख रहेछु । धन्यवाद सर ! नमन !’
‘दाजी, सकारात्मक सोच, जीवनामृत ! नमस्कार !!’ प्रोफेसर कक्षातिर लाग्यो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x