साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पवन ठुसक यन्त्र !

"मेरो भिनाजु महान् !" निर्दोष जीवन, पीटर डिसुजा बोल्यो। गजल वाचन सुरु भयो । खीर खाएर मीरहरू बिदा भए, एक विम्व "पवन ठुसक यन्त्र !" बोकी।

Nepal Telecom ad

धनराज गिरी :

आज विशेष दिन, उसको। ऊ, एक आतङ्क,तर दुर्जनहरूका लागि। “खीरसित गालिब र मीर” यो नामको कार्यक्रम राखेर बैकुण्ठपुरमा उसले केही “उकासो र पिकासोहरूलाई” बोलायो। आए केही बशीर बद्रहरू। ऊ,आफ्नो पीर पनि खुवाउने, खीर मात्र होइन । उसको पीरको हलमा विना अल्कोहल साथीहरू उसलाई सल्लाह र सुझाव दिन थाले। पम्प बनेर हावा भर्न थाले । पहिला उसको मनग्गे तारीफ गरे।

“त्यसो भए त्यो वन्चकलाललाई सामाजिक बहिष्कार गर्नुपर्छ।” पम्प नम्बर एक। “होइन, होइन,यस्तो भाइमारालाई त पत्रकार सम्मेलन गरेर नाङ्गेझार पार्नुपर्छ, अन्याय गर्ने पनि होइन,अन्याय सहने पनि होइन । सामाजिक सन्जालमा यो मुद्दा भाइरल हुनुपर्छ । अझ सेतोकोट लगाएर उही भाले बन्छ!” पम्प नम्बर दुई।

तेस्रो हाजिर,”होइन सर,हजुर बढी सोझो, मेरी साली वकील छ, सोझै अदालत, यो त अपराध हो, यौन शोषण र आर्थिक शोषण सहिन्न।”

यसरी हरेक “पवन ठुसक यन्त्रले” उसलाई बेलुन बनाए । ऊ सुनिरह्यो । यहाँ आएर यसो भन्नेहरू उता गएर फेरि जरासन्धकै पक्षमा वकालत गर्छन्- इन्द्रवारुणीको लोभमा,अरू अरू पनि । त्यो उसले बुझेको छ । मौन रह्यो, केही बोलेन, र केही समयपछि, “साथीहरू, ओलीजी र प्रचण्डको मेल एक मिराकल, एक आश्चर्य होइन ? हाम्रो बीचमा त्यस्तो केही भएको होइन । ममा घृणा छैन, प्रतिशोध छैन, न एभेन्ज, न रिभेन्ज, यो मेरो जीवनको खास परीक्षा हो, “ड्रेक प्यासेज” हो, हाम्रो सम्बन्ध “गान्धारीनन्दन र राधेय” जस्तो थियो।

जगजाहेर ! उसले गल्ती गरेको हो, अपराध र पाप भन्दिन म, कोही किन बर्वाद होस्- होइन र ? हाम्रो राम्रो सम्बन्धलाई सम्मान गर्दै, तमाम आफन्तहरूलाई तनाव दिन, मूर्त, अमूर्त, अरूको लागि त तमाशा हो, “बल्ल खाइस् !” वा “खुच्चिङ्ग !”

हो, भित्री पीर भोग्नेलाई हो, यति सामान्य ज्ञान छ ममा ! बाहिरी मूर्खजस्तो देखिन्छु। तर, तर साथीहरू,खैर,यो समस्याको सर्वोत्तम समाधान हो – वार्ता,वार्ता, वार्ता, उकासो र पिकासोको काम छैन।उचाल्ने र पछार्ने होइन। विवेक चाहिने असजिलोमा हो।इमान अचुक दिव्यास्त्र हो । म यसमा तेस्रो व्यक्ति नराखी यो हिसाब मिलाउन चाहन्छु। “पवन ठुसक यन्त्र” नबन्नु होला।

वास्तवमा यो समस्या नै होइन,झुक्किएको हो,झुक्किन जो पनि हुन्छ। Rejection is not my culture. क्षमाशील हुन सिकाएको मलाई मेरो जिन्दगीले,डेरिडाले ! अब खीर, अनि गजल !”

“मेरो भिनाजु महान् !” निर्दोष जीवन, पीटर डिसुजा बोल्यो। गजल वाचन सुरु भयो । खीर खाएर मीरहरू बिदा भए, एक विम्व “पवन ठुसक यन्त्र !” बोकी।

०००
साैराहा, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
मजेत्रो

मजेत्रो

आर.सी. रिजाल
बाँदर- बँदेल र बनकर

बाँदर- बँदेल र बनकर

रामप्रसाद पन्थी
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
अनाम

अनाम

ईगम खालिङ
0
Would love your thoughts, please comment.x
()
x